जनप्रियको ४१ औं बार्षिक उत्सब सम्पन्न


जाजरकोट,१०फागुन। जनप्रिय माध्यामीक बिद्यालय दसेराको ४१ औं बार्षिक उत्सव सम्पन्न भएको छ । जिल्लाको छेडागाड नगरपालिका ३ मा रहेको बिद्यालयको बिहिवार एक कार्यक्रमको आयोजना गरी उत्सब सम्पन्न भएको हो । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भटराईले ४१ औं जन्मोत्सब समारोहको उद्घाटन गरेका हुन ।

मध्यपहाडी पुष्पलाल लोक मार्गका योजनाकार समेत रहेका भटराईले पश्चिम नेपालको दुर्गम जाजरकोट बस्तीमा रहको जनप्रिय मावी अध्यनरत बिद्यार्थिको लागि राष्टिय सडक सञ्जालबाट बिमुख गरिएकाले उत्साहप्रत ढंगले ज्ञान हासिल गर्न नसकेको बताए ।बिद्यार्थिहरुले पुस्तक कण्ठ गरेर उपलब्धी नहुने ब्यवहारिक र प्रयोगात्मक शिक्षा हुनुपर्ने भनाई रहेको थियो ।

बिश्व बजारमा घोकन्ती शिक्षाको कारण नेपालले लाखैको संख्याम उत्पादन गरेको जनशक्ति प्रयोग बिहिन भएको बताए । हाल गुणस्तरीय शिक्षा नहुदा नेपालमा उत्पादीत जनशक्ति खाडि मुलुक धाउनु पर्ने बाध्यता रहेको बताए । दश बर्षे जनयूद्धको बारे पहिरन फेरीएका पूर्व संसदवादी हाल लोकतन्त्र वादी नेपाल कम्यून्ट र काग्रेस आफु अगि अगि हिडिरहेको अन्य पाटिहरु पछिपछि हिडन साथ दिन आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सचिव माया प्रशाद शर्माले अभिवाभक बिद्यार्थि र समाजको आवश्यता अनुसार सामाजीक परिवर्तनमा शिषाले समायोजनको भुमिका खेल्ने भएकोले सोही अनुरुप प्रणाली निर्माण गर्न आग्ह गरे । कार्यक्रमको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थापा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख लाल बहादुर महताराको समेत उपस्थीति रहेको थियो ।





error: Content is protected !!