ढाकामा सिलिन्डर पड्केर आगलागी हुँदा ७० जनाको मृत्यु

ढाका,बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा भएको सो भीषण आगलागीमा परी दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पुर्‌याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जनाएको छ ।

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो । राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्को घरमा आगो फैलिएको थियो ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनलेका अनुसार एक घरमा सिलिण्डर पड्किएर अगजनि सुरु भएको घरसँगै रहेको अर्को घरमा रासायनिक पदार्थहरु राख्ने गरिएकोले आगो झन् बढेको थियो ।

बुधबार राति करिब १० बजेतरि शुरु भएको उक्त आगो नियन्त्रणमा लिन निकै ३७ वटा दमकल र ठूलो संख्याका कर्मचारी प्रयोग गरेपछि बिहीबार बिहान ३ बजेमात्र आगो नियन्त्रणमा आएको थियो ।

अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!