हिँउ जमेपछि जुफाल बिमानस्थल बन्द

सुकमाया थापा
डोल्पा ७ फागुन ः हिमाली जिल्ला डोल्पामा पुनःहिमपात भएको छ । यसबर्षको छैटौँ पटकसम्म भएको हिमपातका कारण जिल्लाका त्रिपुराकोट, छल, पहाडा,करेलीकाँडा,सुँ,जुफाल,दुनै लगायतका स्थानहरु हिँउले सेताम्य भएकाछन् ।
रातभरीको भारी बर्षातपछि बिहानीपख लगातार दुइघण्टासम्म भएको हिमपातका कारण डोल्पालीको जनजीवन कष्टकर बनेको छ ।
हिमपातका कारण डोल्पाको जुफाल बिमानस्थल अवरुद्ध भएको छ ।मंगलबार बिहानै देखि सुरु भएको भारी हिमपातका कारण धावनमार्गमा बाग्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो ।
विमानस्थल अवरुद्ध भएपछि नेपालगञ्ज देखि कुनैपनि उडानहुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिँहले बताए ।
डोल्पाली जनताकालागि जिल्ला बाहिर आवत जावतगर्ने एकमात्र भरपर्दो यातायातको साधनको रुपमा रहेको हवाई सेवा अवरुद्ध भएपछि जिल्ला बाहिर आवत जावतगर्न समस्या भएको छ ।
मंगलबार बेलुकीसम्म घाम लागेर धावनमार्गको हिँउ पग्लियो भने बुधवार बिहान उडानहुने नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ ।










