अनेरास्ववियु क्रान्तिकारीद्वारा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ

सुरिता बस्नेत
जाजरकोट,अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारिद्वारा संयुक्त रुपमा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ गरिएको छ।
केन्द्रको निर्देशन अनुसार स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्ने देशव्यापी आन्दोलनको कार्यतालिका अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सयुत रुपमा मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गेरका हुन।
कार्यक्रममा अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पसका सचिब प्रकाश बि।क,अध्यक्ष हेमराज शाही ,अखिल क्रान्तिकारीका महेन्द्र बहुमुखिका अध्यक्ष नमराज योगि, उपाध्यक्ष लोकेश शाहले सम्बोधन गरेका थिए।
त्यस्तै घेराउ कार्यक्रममा अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष मोहित शाह,जिल्ला सदस्य प्रकाशमान सिंह जिल्ला सचिब टेकेन्द्र मल्ल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुल्सी मणि के।सि क्रान्तिकारीका अध्यक्ष सुरेन्द्रजंंग शाह लगायतका नेताहरुको उपस्थित रहेको अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रकाशमान सिंहले जानकारी दिनुभयो।










