त्रिभुवन जनता माविले ४३ औं वार्षिकोत्सब उद्घाटन

सल्यान,सल्यान पश्चिम क्षेत्रमा रहेको श्री त्रिभुवन जनता माध्यमिक विद्यालय बनगाड कुपिण्डे नपा वडा न ५ शंखपिपल च्युराले आफ्नो ४३ औं वार्षिक उत्सव तथा अभिभावक भेला भव्यताका साथ उद्घाटन गरेको छ । उक्त विद्यालयको ४३ औं वार्षिकोत्सब उद्घाटन गर्दै प्रमुख अतिथि तथा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले शिक्षामा क्षेत्रमा कसैले पनि राजनीति गर्ने थलो बनाएर विद्यार्थीको भविस्य माथि खेल्बाड नगर्न र आफुले पनि नगर्ने बताउनु भएको छ ।

विद्यालयलाइ नगरपालिका आवश्यकता अनुसार सहयोग गर्न र विद्यालयले अगाडि सारेको योजना प्राबिधिक शिक्षा नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने बताउनु भएको छ । नगरपालिका भित्रका ६५ वटा विद्यालयमा आउदो शैक्षिक शत्रमा १ देखि ५ सम्म पनि अङ्ग्रेजी शिक्षाको सुरुवात हुने बिषयमा नगरपालिकामा छलफल भैरहेको र नगर शिक्षा समिति बने लगतै शिक्षा ऎन बनाएर केही बिध्यालय समायोजन ९मर्ज० गरेर शिक्षामा सुधार ल्याउने र १० बजे आएर १ बजे घर जाने शिक्षकलाइ समेत कार्बाही अगाडि बढाइने नगर प्रमुख पुनले बताएका छन ।

नगरपालिका एकलैले कहि गर्ने नसक्ने र सबैले सहयोग गरेमा शिक्षा क्षेत्रमा सुधार गर्ने सकिने बताउनु भएको छ । उक्त विद्यालयका प्राध्यापक गुमान सिह बिष्टले विद्यालयको तर्फबाट १९ बुद्धे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रममा विद्यायालको आन्तरिक कोषबाट गरिब, जेहेन्दार, विपन्न, द्वन्द पीडित, अपांग, टुहुरा, पिछडिएका ४४ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको र आगामी वर्षमा यसलाई थप गरिने बताउनु भएको छ । प्राबिधिक सीप सिकि स्वरोजगार प्रदान गराउने उद्देश्यले प्राविधिक धार अन्तर्गत कृषि बाली बिज्ञान शिक्षा प्रदान गर्नको लागि पक्रीया अगाडि बढाउने पहल गर्ने बताउनु भएको छ । भने वार्षिक आय व्यय पनि प्रस्तुत गर्ने भएको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत नोखिराम ओलि , नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डे , नगरपालिका ४ न वडा अध्यक्ष मोमत रोका, ५ न वडा अध्यक्ष कमल बिक पुर्व बिव्यस अध्यक्ष , बिध्यालयका प्रअ अभिभावक विद्यार्थी लगाएको उपस्थिति थियो भने कार्यक्रममा बिध्यालयले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न कार्यक्रम सहित ३ दिन समा सन्चालन हुने र बिझेतालाइ पुरस्कारको समेत व्यवस्था गरिएको बिध्यालयले जानकारी दिएको छ । विध्यालयका अध्यक्ष हरि बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक वसन्त शर्माले गर्ने भएको थियो भने सन्चालन शिक्षक विरेन्द्र शाहिले गर्ने भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!