जनप्रतिनिधिहरुलाइ तालिम

सुर्खेत,सुर्खेत सिम्ता गाउँपालिकाको आयोजना र मध्यपश्चिम ट्रेनिङ एण्ड रिसर्च सेन्टर सुर्खेतको सहजिकरणमा जनप्रतिनिधिहरुलाइ सामाजिक जवाफदेहिता तथा क्षमता अभिमुखिकरण ३ दिने तालिम समापन भएको छ । माघ २८ गते देखि फाल्गुन १ गते सम्म सन्चालन भएको कार्यक्रम समापन सिम्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमालले गर्ने भएको थियो ।
तालिममा सबै वडाका वड अध्यक्ष, कार्यपालिका सदस्य र सबै वडा सदस्यहरू को सहभागिता थियो भने तालिमको सहजीकरण संस्थाका रविन्द्र कुमार चन्द र वरिष्ठ प्रशिक्षक उमेश के सिले गर्नुभएको गाउपालिका प्रबक्ता टेकनारायाण बिकले जानकारी दिनु भएको छ । ३ दिने तालिममा सन्चालन भएको कार्यक्रममा जनप्रतिनिधिहरुलाइ बोल्ने, सुन्ने र सुचना प्रवाह गर्ने सीप र नागरिक कसरी सेवा मुखी बनाउने विषयममाको बारेमा ज्ञान अभिवृद्धि गरिएको थियो ।अहिले सम्मका तालिम मध्ये यो तालिम राम्रो र व्यवारिक भएको र नागरिकलाई सेवा दिन अबदेखि सजिलो हुने सहभागी जनप्रतिनिधिहरूको भनाइ छ । साथै तालिममा सहभागी जनप्रतिनिधिहरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको छ ।










