डोल्पामा भर्ना अभियान सुरु

सुकमाया थापा
डोल्पा,हिमाली जिल्ला डोल्पामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । समृद्ध नेपाल सुखी नेपालीको आधार प्रारम्भिक बाल बिकास र शिक्षा ठुलीभेरी नगरपालीकाको सरोकार भन्ने मुल नाराका साथ ठुलीभेरी नगरपालीकाको आयोजनामा आज देखि डोल्पामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । फागुन १ गते देखी ७ गते सम्मको भर्ना अभियान सुरु भएको छ । नेपाका ७७ वटा जिल्लाहरु मध्य डोल्पा जिल्लामा फागुन १ गते नयाँ शैक्षिक सत्र सुरु हुँने गरेको छ । मंङसिर मसान्तमा शैक्षिक सत्र समाप्त हुँन्छ भने फागुन १ गते नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
चिसोको कारणले डोल्पामा २ शैक्षिक सत्र कायम रहेका छन् । असोजबाटै चिसो सुरु हुने भएकाले माथेल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालीका, छार्काताङ्गसोङ्ग गाउँपालीका,शे फोक्शुण्डो गाउँपालीका,काईके गाउँपालीकामा कात्तिक मसान्तमै शैक्षिक सत्र समाप्त हुने गर्छ । माथेल्लो डोल्पामो बैशाख १ गते बाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ । तल्लो डोल्पाका ठुलीभेरी नगरपालीका, त्रिपुरासुन्दरी नगरपालीका, मुड्केचुला गाउँपालीका,जगदुल्ला गाउँपालीका मा भने मङसिर मसान्तमा शैंक्षिक सत्र सकिएर फागुन १ गदेदेखी नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।
ठुलीभेरी नगरपालीका ३ अन्तरर्गत को सरस्वती माध्यमिक दुनै र बालमन्दिर आधारभुत विद्यालय दुनै मा आज छोरा ,छोरी बराबरी भन्ने मुल नाराका साथ बजार ¥याली गरेर नयाँ भर्ना अभियानको सुरुबात गरिएको छ । फागुन १ गते बाट ७ गते सम्म भर्ना अभियान सुरु भइ ८ गतेबाट औपचारिक रुपमा पठन पाठन सुरु हुने सरस्वती मावि दुनैले जानकारी दिएको छ ।
डोल्पा जिल्लाकै पहिलो विद्यालय निरीक्षक डीलप्रसाद रोकायलाइ शैक्षिक सत्र सुरुको अवसरमा सरस्वती मावि दुनैले सम्मान गरेको छ । निरिक्षक रोकायले सम्मान कार्यक्रममा बोल्दै डिलप्रसाद रोकाय भन्नुभयो
देशको दक्ष असल नागरिक उत्पादन गर्ने प्रारम्भिक जग बलियो हुने बताउदै ठुलीभेरी नगरपालीका वडा नं ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने…..
उक्त भर्ना अभियान सुरु कार्यक्रममा बिद्यार्थीहरुले गीत गाएका थिए
सो औपचारिक कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड क्षेत्रिय कार्यलय बाँके गिरीमान थापाको सहभागीता रहेको थियो ।





error: Content is protected !!