पलास्ट्रिक टनेल हिउँले भत्काएपछी किसानले लगाएको तरकारी बाली नष्ट

मेनुका बुढा
डोल्पा १, फागुन ः पलास्ट्रिक टनेल हिउँले भत्काएपछी डोल्पाका किसानले लगाएको तरकारी बाली नष्ट भएको छ । पटक , पटक हिमपात हुँदा जिल्लाको मुटकेचुला गाउँपालीकामा हिउदे तरकारी लगाएका पलास्ट्रिक टनेलहरु भत्किएपछि तरकारीबाली नष्ट भएको हो । सुर ,नर्कु ,सर्मी ,कालीका, ओक्ट लगाएत जगुदुला गाउँपालीकामा पनी रीमी, काइगाउँ, झयाँकाट लगाएकात ठाउँमा लगाएका ८० भन्दा बढी पलास्ट्रिक टनेल भत्किदा लाखौको तरकारी नष्ट भएको स्थानीयबासी लालबहादुर बुढाले बताउनुभयो ।
पलास्ट्रिक टनेल काउली, बन्दा, प्यज,रायो को सागपात र अन्य तरकारीहरु पनी लगाएका नष्ट भएको छ । मुटकेचुला गाउँपालीका र जगुदुला गाउँपालीकाका बासीन्दाहरुले तेस्रो पटकको हिमपातले भारी क्षेति भएको बताएका छन् ।










