यी हुन् बच्चामा ओछ्यानमै पिसाब गर्ने समस्या

कतिपय बच्चा ठूलो भइसक्दासमेत ओछ्यानमै पिसाब गर्ने गर्छन् । यो आफैँमा एउटा समस्या हो । बच्चा बुझ्ने भएपछि पनि ओछ्यानमै पिसाब गर्छ भने त्यो एक मनोवैज्ञानिक समस्या हो । शरीरमा तन्त्रिकाहरूको विकास भइसकेपछि बच्चामा धेरै कुराको ज्ञान भइसकेको हुन्छ । तर, कतिपय अवस्थामा तन्त्रिकाहरू पूर्ण रूपमा विकसित नहुने हुन्छ । यसले उसको मनोविज्ञानमा असर पार्छ । अनि, पिसाब आएको थाहा नहुने भएकाले ओछ्यानमै छोड्ने गर्छन् ।

कति उमेरसम्म
पाँच वर्षसम्मका बालबालिकामा ओछ्यानमै पिसाब फेर्ने बानी छ भने त्यो स्वाभाविकै मानिन्छ । कतिपय बच्चामा उमेर बढ्दै जाँदा समस्या आफैँ हटेर जान्छ । तर, करिब १५ प्रतिशत बच्चामा १५ देखि २० वर्षको हुँदासम्मसमेत ओछ्यानमै पिसाब फेर्ने समस्या रहन्छ । योचाहिँ ठूलै समस्या हो ।
कारण
बच्चाको मेरुदण्डको पूर्ण विकास नहुनु, मनोवैज्ञानिक असर र गतल जीवनशैली आदिका कारण यस्तो समस्या देखा पर्ने गर्छ ।
रोकथाम
ओछ्यानमै पिसाब गर्नु पिसाबसम्बन्धी समस्या नभएर न्युरो साइकियास्ट्रिक समस्या हो । तसर्थ, मेरुदण्डको एक्स–रे गरेर केही निश्चित औषधिको प्रयोगबाट यसको उपचार गर्न सकिन्छ । यसका लागि पिसाबसम्बन्धी विशेषज्ञसँगै साइकोलोजिस्टसँग परामर्श लिनुपर्छ ।
बच्चाको जीवनशैलीमा ध्यान दिन सके आधाभन्दा बढी समस्या आफैँ हट्छ । बच्चालाई मनोवैज्ञानिक समर्थन गर्न आवश्यक छ ।
अभिभावकले बच्चाले पिसाब गर्ने समय ख्याल गर्दै निश्चित समयमा बिउँझाउनका अलार्म सेट गर्ने गरौँ । यसो गर्दा समय–समयमा शौचालय जाने बानी पर्छ र समस्या बिस्तारै कम हुँदै जान्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!