एक महिनादेखि विद्युत् बन्द

सुकमाया थापा
डोल्पा ः यहाँको कुच्चे खोला लघुजलविद्युत् आयोजनाको ट्रान्समिटरमा खराबी आएपछि एक महिनादेखि विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि जगदुल्ला गाउँपालिकाका विभिन्न गाउँ अन्धकारमय बनेका छन् ।
जगदुल्ला गाउँपालिका ६, स्थित कुच्चे खोलाबाट विद्युत् उत्पादन गरिएको थियो । जलविद्युत् योजना अवरुद्ध भएको महिना दिन बितिसक्दा पनि मर्मतको पहल हुन नसकेकोझ्याकोटका मायालाल रोकायाले बताए ।
२०६५ सालमा सुरु भएको आयोजनाको काम गत असार महिनामा मात्र सकिएको थियो । आर्थिक समस्याका कारण अलपत्र परेको आयोजनामा जगदुल्ला गाउँपालिकाले ८५ लाख रुपैयाँ लगानी गरेपछि निर्माण भएको थियो । उक्त आयोजनामाझ्याकोट, छाचु, माझगाउँ, लोहारबारा रचौरीकोटले चाररचार लाख रुपैयाँ थप गरेका थिए । लघु जलविद्युत् निर्माण भएको एक वर्ष नपुग्दै बिग्रिएपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
स्थायी रूपमा निर्माण भएको जलविद्युत् आयोजना बिग्रिएपछि स्थानीय निराश बनेका छन् । समयमै विद्युत् आयोजनामा ट्रान्सफर जडान नहुँदा समस्या भएको स्थानीयको भनाइ छ ।










