निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डिएनए म्याच

कञ्चनपुर ः गत पुस २५ मा छोरीको डिएनए म्याचका लागि रगतको नमुना दिँदै निर्मलाकी आमा
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र उनकी आमा दुर्गा पन्तको डिएनए म्याच गरेको छ । निर्मलाकी आमाले २५ पुसमा डिएनए परीक्षणका लागि रगत दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले निर्मलाको ‘भजाइनल स्वाब’ सँग उनकी आमाको डिएनए मिलेको बताए । उनका अनुसार दुर्गाबाट संकलन गरिएको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

निर्मलाको योनीबाट निकालिएको ‘भजाइनल स्वाब’ निर्मलाकै हो वा होइन भन्ने कुरा उठेपछि उनकी आमाले डिएनए म्याचका लागि रगत दिएकी थिइन् । सोमबार प्रयोगशालाबाट डिएनएको रिपोर्ट आएको हो । एसपी कडायतले प्रहरीप्रति गरिएको शंका दुर भएको बताए । कडायतका अनुसार ुभजाइनल स्वाबु निर्मलाको योनीबाट निकालिएको हो वा होइन भन्ने एकिन गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएकी थिइन् ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाको यौनीबाट संकलन गरिएको ‘भजाईजल स्वाब’प्रति नै संका उपशंका गर्न थालिएपछि परिवार र अधिकारकर्मीले निर्मलाकै स्वाब हो, या होइन भनि एकिन गर्न पटक(पटक माग गर्दै आएका थिए ।

२५ पुसमा दोस्रो पटक महेन्द्रनगर पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसामु पनि अधिकारकर्मी मिना भण्डारी लगायतले निर्मलाको स्वाव हो या होईन भनि एकिन गर्नका लागि आमा बाबु दुवैको रगत नमूना संकलन गर्नुपर्ने माग अघि सारेका थिए ।

अधिकारकर्मीकै माग अनुसार प्रहरीले निर्मलाका आमा–बुवा दुवैको रगत नमूना संकलन गर्नका लागि प्रयास गरेपनि बाबु यज्ञराज पन्तले रगत दिन नमानेपछि प्रहरीले निर्मलाकी आमा दुर्गादेवि पन्तको मात्रै रगतको नमूना लिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!