कृत्रिम हातखुट्टा पुनर्स्थापना

कहाँ र कोसँग सेवा लिने
सेवा प्रदान गर्ने व्यक्ति प्रोस्थेटिस्ट कृत्रि महातखुट्टासम्बन्धी स्वास्थ्यकर्मी मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट मान्यता प्राप्त हुन् कि होइनन् बुझ्नुपर्छ । परिषद्ले स्वास्थ्य व्यवसायीको अध्ययन गरेको तह र विषय हेरी स्वास्थ्य व्यवसायीलाई चार तहमा वर्गीकरण गरी व्यवसाय गर्ने अनुमति–पत्र प्रदान गर्छ । सेवाप्रदायक संस्थाको आधिकारीकता, संस्थामा उपलब्ध सेवा, दक्ष जनशक्ति तथा आवश्यक पूर्वाधारमा पुनस्र्थापनाको गुणस्तर भर पर्नेगर्छ । साथै, स्वास्थ्यकर्मी निरन्तर तालिम तथा नौलो प्रविधिसँग साक्षात्कार भइरहेको हुन आवश्यक छ ।
परामर्श कहिले 
कुनै दुर्घटना वा आकस्मिक अवस्थाबाहेक अरू कारणले हातखुट्टा काट्नुपरे पहिला नै दक्ष प्रोस्थेटिस्टसँग परामर्श लिनुपर्छ । अस्प तालमा हातखुट्टाको अप्रेसन भएको तत्का लै प्रोस्थेटिक्स्बाट पुनस्र्थापनाका निम्ति नियमित जाँच र परामर्श लिइराख्नुपर्छ । समयमै फिजियोथेरापी गरी शरीरको सन्तुलन, मांसपेशीको तागत र बाँकी भागको आकार बनाइराख्नुपर्छ । शल्यक्रिया भएको २—३ महिनापछि वा पुनस्र्थापना समयमा मात्र प्रोस्थेटिक्स्को सम्पर्कमा पुग्दा पुनस्र्थापन प्रक्रिया कठिन तथा ढिलो हुन सक्छ ।
मूल्य कति 
प्रोस्थेटिक्स्को मूल्य कहाँबाट हातखुट्टा काटिएको छ भन्नेमा भर पर्छ । साथै, त्यसमा प्रयोग हुने विभिन्न प्रकारका कम्पोनेन्ट ९पार्टपुर्जा०, प्रविधि र आवश्यक दक्ष जनशक्तिको सीप तथा सेवामा पनि निर्भर रहन्छ । त्यसकारण आर्थिक तथा शारीरिक अवस्था हेरी आवश्यक रूपमा तपाईँले चाहेजस्ता विभिन्न विकल्प दिन सक्ने प्रोस्थेटिक्स् चयन गर्नुपर्छ ।

हातखुट्टा गुमाएपछिको पीडा शब्दमा बयान गर्न नसकिने हुन्छ । यद्यपि, यस पीडाबाट राहत पाउने उपाय भने अवलम्बन गर्न सकिन्छ । यदि, तपाईँ पनि यस्तो पीडा पालेर बस्नुभएको भए धन्दा नमान्नुहोस् । प्रोस्थेटिक्स् सेवा अर्थात् कृत्रिम हातखुट्टा पुनस्र्थापना विगत ५० वर्षदेखि नेपालमै हुने गरेको छ ।

कस्तो प्रो स्थेटिक्स् लगाउने 
तपाईँको शारीरिक–स्वास्थ्य–कार्यात्मक–आर्थिक–भौगोलिक अवस्था कस्तो छ रु हेर्नुपर्छ । साथै, कम्पोनेन्टको उपलब्धता मूल्यांकन गरी कस्तो प्रोस्थेटिक्स् उपयुक्त हुन्छ भन्ने प्रेसक्रिपसन तयार गरी यसबारे सुसूचित गर्छ । र, तपाईंको आ वश्यकताअनुसार अरू विकल्प प नि प्रदान गर्छ । आफूलाई मनपर्ने आधुनिक प्रविधि आफूखुसी छनोट गरेर बायोमेकानिकल सिद्धान्त र प्रोस्थेटिस्टको सल्लाह सुझाबअनु सार प्रोस्थेसिस् प्रयो ग गरेको खण्डमा अधिकतम रूपमा कार्यात्मक क्षमता अभि वृद्धि हुन स क्छ ।
कति टिकाउ 
प्रयोगकर्ताको उमेर र शारीरिक परिवर्तनका आधारमा केही महिनादेखि तीन वर्षसम्म प्रोस्थे टिक्स् राम्रोसँ ग चल्छ । एकपटक लगाइसकेपछि स्वास्थ्यकर्मीले भनेअनुसार नियमित रूपमा फलोअपमा जाने गरेमा यो झनै धेरै समय टिक्ने हुन्छ । यसको हेरचाह र मर्मत–सम्भारमा पनि यसको आयु भर पर्ने हुन्छ । यसमा प्रयोग हुने सकेट, पाइताला, लाइनर आदि भने समयअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ ।
बुझ्नैपर्ने वास्तविकता
गैरप्राविधिक तथा अ सम्बन्धित व्यक्तिले विभिन्न समयमा आत्मबल बढाउने हिसाबले परामर्श दिइरहेका हुन्छन् । कृत्रिम खुट्टाले सगरमाथा चढ्न सक्ने, दौडन मिल्ने, सवारीसाधन चलाउन मिल्नेजस्ता कुरा उनीहरूले राम्रै मनसाय राखेर बताउने गरेका छन् । जसले गर्दा कृत्रिम खुट्टा लगाउनासाथ हिँड्न सकिन्छ भन्ने भ्रम सिर्जना गरेको पाइन्छ ।

यसरी उच्च अपेक्षाका कारण पुनस्र्थापना हरेस खाने पनि हुन सक्छ । कुनै पनि क्रियाकलाप व्यक्तिको शारीरिक र मानसिक क्षमता, स्वास्थ्य अवस्था, मिहिनेत, बायोमेकानिकल सिद्धान्त, प्रोस्थेटिक्स्को सीप तथा पुनस्र्थापना सेवाको गुणस्तरमा भर पर्छ । यस्ता कुरा बुझ्नैपर्ने हुन्छ ।





error: Content is protected !!