जाजरकोटका दाउँराले रुकुमको भान्सा

सञ्जय केसी
जाजरकोट , ः रुकुम आठविसकोट नगरपालिका राडीकी धनमाया शाह सधै दाउँराको चिन्ताले सताउने गर्छ । यहाँलाइ साँझ ,बिहान खाना बनाउने देखि पाउनलाइ चिया सम्म बनाएर दिन दाउँराको आवश्यकता पर्ने भएकाले सधै दाउँराको चिन्ता लाग्ने गर्दछ ।
घर नजिकै दाउरा संकलन गर्ने जंङगल अर्की राडीमिबजारकी रामकुमारी नेपालीलाइ समेत दाउँकै चटारो पर्ने गरेको सुनाउँनहुन्छ । हेर्दा घर देखि भेरी नदीको पारी पट्टी नजिकै छ ,जाजरकोट नलगाड नगरपालिका – ८ बतासे चिउरो सामुदायिक बन समुह । तर जिल्ला फरक भएपछि राडीबासीलाइ दाउँरा संकलन गर्न ठुलै यूद्ध जितेको महसुस हुँने गरेको छ । राडीबासीहरुका लागि दाउँरा देखि घर निर्माण गर्ने काठ सम्म जाजरकोटकै बर्म बतासेचिउरी बन उपभोक्ता समुहकै भर पर्नुपर्ने बाध्यताले गर्दा दैनिक चिन्ता हुँने गरेको हो । जाजरकोटको वगरा र रुकुमको आठविसकोट राडी बजारको बीचमा भेरी नदी भएकाले सिमाना छुटिएको छ , तर सो सिमानालाइ बीचमा रहेको पुलले जोडिदिएको छ । बर्म, बतासे चिउरी सामुदायिक बनका स्थानीयले रुकुम आठविसकोट राडीका स्थानीयलाइ दाउँरा नदिदा , त्यहाँ रहेको प्रहरी चौकीबाट न्याय नपाएका दर्जनौ घटना रहेको बन उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् ।
बन समुहले दाउरा र काठ नदिएरमा पारीपटी रुकुम तर्फका स्थानीयको चुलो बल्दैन् । जाजरकोटबाट दाउँरा , काठ लिनकै लागि भएपनि रुकुम राडीका स्थानीयले घडेरी सम्म जाजरकोटको भुभागमा लिने गरेका छन् । कयौँन पटक दाउरा र काठकै लागि रुकुम र जाजरकोटको बिवाद समेत हुँने गरेको छ । दाउरा र काठकै लागि आठविसकोटबासीहरु जंङगल संरक्षणमा लागेको त्यहाँका बन समुहले बताएका छन् । अहिले दाउँरा , पानी देखि घर निर्माणका लागि चाहिने काठ सम्मको कारण रुकुम र जाजरकोटबासी सम्वन्ध सुधार हुँदै गएको छ ।
सवैले जाजरकोटपटीको जंगल प्रयोग गर्दा अहिले पहिलो भन्दा भारी मात्रामा जंगलमासीएको स्थानीयको भनाइ छ । बेलौमा बन संरक्षण र सदुपयोग गर्न नसके रुकुम राडीकै जस्तो आउँन सक्ने स्थानीयबासीहरु बताउँछन् । बन समुह र केही स्थानीयको मिलोमतोमा काठ ,तस्करी हुँन थालेपछि दैनिक बन पातलो हुँदै गएको छ ।





error: Content is protected !!