संमृद्धीका लागि नमुना बस्ती विकास गदै नलगाड नगरपालिका

हेमन्त केसी
जाजरकोट (रासस) ः सभ्य , समुन्तन र संमृद्ध समाज निर्माण गर्नका लागि जिल्लाको नलगाड नगरपालिकाले नमुना बस्ती अभियान सञ्चालनमा ल्याएको छ ।
खानेपानी, विद्युत, खोपयूक्त, सरसफाइ, सञ्चार सेवा लगायतका विविध कुराको सहज पहुँच बिस्तार गर्नका लागि नमुना बस्ती अभियान सञ्चालन गरिएको प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो । जिल्लाको दोस्रो सुविधा भएको स्थानीय सरकार मध्य रहेको नलगाड नगरपालिकाले १३ वटा नमुना गाउँ छनोट गरी पहिलो चरणमा बिशेष अभियान सञ्चालन गर्न लागेको हो ।
नमुना गाउँ छनोटका लागि अहिले वडा स्तरमा छलफल गरी छनोट भइसकेको छ । प्रत्यक वडामा सरसफाइ समिति गठन गरी नमुना गाउँलाइ तिव्र रुपमा बिकास गरिन लागिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो , उहाँले भन्नुभयो “ जल, जमिन र जंगलको संरक्षण गरी हामीले भावी पुस्ताको नाँसाको रुपमा पहिलो योजना बनाइ काम सुरु गरेका छौ , भने दोस्रो हाम्रा बाँनी, व्यावहार परिर्वतन सहितको योजना कार्यान्वयन गरिदै अगाडी बढाएको छ ” ।
बर्षायाममा बाढी, पहिरोको प्रकृतिक प्रकोपका कारण नलगाडले भारी मात्रामा क्षती पुगेर सास्ती भोगेको नगरपालिका स्थानीयबासीहरु , बल्ल अहिले लयमा आउन थालेको भन्दै यहाँले थप्नुभयो “ सवै वडामा जोखिम न्यूनिकरणका लागि तालिम र नमुना गाउँ निर्माणका लागि विशेष योजना सँग , सँगै लिएर जनता जागरणको अभियान चलिरहेको छ ”।
डोल्पा जिल्लाको त्रिवेणी संग जोडिएको नलगाड नगरपालिका पुर्वी क्षेत्रको स्थापित नाँकाको रुपमा रहेको छ । जाजरकोटबाट पुर्वी क्षेत्रबाट जुम्ला जाने मुल बाटो पनि यही नगरपालिकाबाट भएर जानुपर्ने भएकाले अझ यो नगरपालिकाले धेरै कुरा गर्न बाँकी रहेको स्थानीय सरोकारवालाहरु बताउँछन् । ४१० मेघावाटको नलगाड जलविद्युत आयोजना समेत यहि नगरपालिकामा निर्माण हुँदै भने अर्को ४ मेघावाटको ताँसुगाड जलविद्युत आयोजनाको डिपिआरको काम जारी रहेको छ ।
नमुना विद्यालय अभियान सञ्चालन गरेको एक वर्ष बितिसकेको छ । नमुना विद्यालयमा विद्युतिकरण, इन्टरनेटको पहुँच, प्राथमिक उपचार बाकस , प्रतिविद्यालयको एक शिक्षकलाइ प्राथमिक उपचार गर्ने विधीबारे तालिम समेत दिइसकेको नगरपालिकाले बताएको छ । नमुना गाउँलाइ सफल पार्नका लागि नमुना विद्यालय पहिलो अभियान र सर्त भएकाले त्यो चरण पार गरेको नगरपालिकाले बताएको छ ।
पैसाको खोलो मात्र बगाउने होइन , त्यसको उचित प्रतिफल निकाल्ने हो , जनताको दुख पसिनाबाट आएको पैसालाइ जनताकै काममा लगाएर बिकास गर्ने नगरप्रमुख रावलले बताउनुभयो । नगरपालिकाको रग्दालाइ लसुनको पकेट क्षेत्र , डाडागाउँको पाली, कल्पतलाइ महको नमुना गाउँ , लहँ डाडागाउँ सुन्तलाको जोन बनाएर अभियान थोलिएको छ ।
सडक सवै वडामा सडक पहुँच विस्तार गर्ने काम भइरहेको भन्दै नगरप्रमुख रावलले भन्नुभयो “ वर्षायाममा निर्माण गरिएका सडक नभत्किएका भए , अहिले नयाँ ट्याक औपन गरी सवै ठाउँमा सडक बिस्तार भइ दुर्गम गाउँमा सहज रुपमा यातायात सेवा सुचारु हुँने थियो । जाजरकोट –डोल्पा सडक पनि यही नगरपालिका भित्र नै पर्ने भएकाले हामीलाइ सडक निर्माणका लागि थप सजिलो भएको छ ” ।
सरसफाइ र स्वास्थ्य क्षेत्रलाइ भरपर्दो बनाउनका लागि महिला स्वंयमसेविकालाइ प्रोत्साहन भत्ता , गर्भवतीलाइ समय , समयमा उपचार तथा जाँच सेवा , गाउँ गाउँमा स्वास्थ्य संस्थाको स्तरउन्नती , काम समेत भइरहेको नगरपालिकाले जनाएको छ । अहिले नलगाड नगरपालिकाका सवै स्वास्थ्य संस्था र वडा, विद्यालयमा इन्टरनेट सेवा विस्तार कार्य सम्पन्न भइसकेको छ ।





error: Content is protected !!