उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कारबाहीमा

काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल कारबाहीमा परेका छन् ।

साढे ३३ किलो सुन तस्करी काण्डका आरोपीबारेको विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको हो ।

यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्को सचिवालयलाई तानिएको थियो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेकालाइ जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपनि त्यसलाई उल्टाउँदै उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

न्याय परिषदले सर्वोच्चका न्यायाधीस ईश्वर खतिवडालाई छानविन गर्ने जिम्मेवारी दिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!