मिडिया हाउसले उत्पादन गर्ने सामग्रीमा नागरिकको स्वमित्व ः पत्रकार चलाउने

बाँके ः नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले मिडियाले उत्पादन गर्ने समाचारिय विषय बस्तुमा पाठकको स्वमित्व हुँने बताउनुभयो । हामीले , सेकेण्ड , सकेण्डमा आफ्ना व्यक्तिगत धारणा पाठक माथी लादिरहेको भन्दै पत्रकार चलाउनेले हाम्रा सामग्रीले समाज परिर्वतनको एजेण्डा बोक्नुपर्ने कुरामा जोड दिनुभयो । मिडिया हाउस पनि अन्य उद्योग जस्तैmभएपनि यो जवाफ देही , उत्तरदायी हुनुपर्ने बतानुभयो । कुशे न्युज डटकमद्धारा बाँकेको नेपालगञ्जमा आयोजित ७ दिने पत्रकारीता तालिमको आज उद्घाटन गर्दै पत्रकार चलाउनेले यस्तो बताउनुभएको हो ।

पत्रकारिताताबाटै समाजलाई रुपान्तरण गर्न सकिने धारणा राख्दै पत्रकार चलाउनेले भन्नुभयो , ‘हामीले गर्ने पत्रकारीता जनताको पक्षमा हुनु पर्दछ, जनताको पक्षमा गरिने पत्रकारिताले काठमाडौंमा केन्द्रीत मिडिया केन्द्रलाई भत्काउन आबश्यक छ, अब हामीले काठमाडौं केन्द्रित मिडिया केन्द्रलाई देशका सबै पदेश राजधानी र जिल्ला सदरमुकामसम्म बिस्तार गर्न सक्नु पर्दछ ।’

जनपक्षीय पत्रकारीताले काम र श्रममा विश्वास राख्ने बताउदै चलाउनेले भने, ‘तालिमलाई मनोरञ्जन स्थलका रुपमा नभएर सक्षम तथा दक्ष पत्रकार उत्पादन गर्ने उद्योगका रुपमा लिन आबश्यक छ ।’ पत्रकारीता वर्गिय पक्षधरतामा आधारित हुने बताउदै चलाउनेले आजको युगमा गरिने सबै पत्रकारीता मिसन पत्रकारीता भएको बताए ।

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ सचिव हेमन्त केसीले पत्रकारीता पेशालाई व्यवसायीकरण गर्न आबश्यक रहेको बताउनुभयो । पेशालाई व्यवसायीकरण गर्नको लागि उच्च प्रकारको क्षमता हासिल गर्नुपर्नेमा गैरेले जोड दिनुभयो ।

कुशे न्यूजमा सम्पादक भौतिक मल्लले ‘हाम्रो टोलमा खानेपानी पुगेन, सिंचाई कुलो पुगेन, विजुलीका पोल पुगेन भनेर पत्रकार महासंघमा उजुरी आउन थालेका छन्, हुदा हुदा अदालतले गरेको फैसलामा चित्त बुझेन भने अदालतले निष्पक्ष न्याय दिन सकेन भनेर महासंघमा निवेदन आउन गरेका छन्, महासंघ यद्यपी उजुरी बुझ्ने निकाय नभएता पनि नागरिकले पत्रकारवाट गरेको अपेक्षा र विश्वसनियता यति धेरै छ ।’

त्यस्तै पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर थारुले पत्रकारीतामा नयाँ र पुरानो, सिनियर र जुनियर भन्ने नहुने बताउदै सचिव केसीले बदलिएको परिस्थितिलाई नेतृत्व गर्न सक्ने गरि पत्रकारहरुले आफ्नो क्षमतालाई माथि उठाउनु पर्ने र अध्ययनलाई बढाउनुपर्ने बताउनुभयो । दुई खाले पत्रकार छन् भनेर नागरिकहरुले हामीलाई परिभाषित गरिरहेका छन् भन्दै अध्यक्ष थारुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुख्य अभिभार पत्रकाहरुको काँधमा आईपुगेको हुदा पत्रकारको छविमा धमिलोपन आउन नदिन सबै सचेत रहन जरुरी रहेको बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!