फोनले काम नगर्ने गाउँ , गाउँमा ईन्टरनेट

सञ्जय केसी
जाजरकोट , फोनको पहुँच नभएको जाजरकोटका गाउँ , गाउँमा इन्टरनेटको पहुँच बिस्तार भएको छ । वल्डलिङ्क इन्टरनेटले जिल्लाका सबै माध्यमिक विद्यालय , स्वास्थ्य चौकी र स्थानीय तहमा सेवा बिस्तार गरेको हो ।
नेपाल दुरसञ्चार प्राविधिकरणको सहकार्यमा जाजरकोट , रुकुम र डोल्पाका सवै स्थानीय तहमा अहिले वल्डलिङक इन्टरनेट सेवा जोड्ने काम जारी रहेको प्राविधिक रुपेश बुढाथोकीले बताउनुभयो । जाजरकोटका ग्रामीण क्षेत्रमा फोनले काम नगर्ने ठाउँमा इन्टरनेट सञ्चालन गरी हात , हातमा मोबाइल मार्फत नेट चलाउन पाउँदा स्थानीयबासीहरु खुसी भएका छन् । विद्यालयमा इन्टरनेट पाएपछि यहाँका मावि तहहरु प्राविधिको प्रयोग गरी विद्यार्थीलाइ शिक्षण गर्न सजिलो हुँने गरेको पंञ्चभयार मावि नलगाड – ८ का शिक्षक बीरबहादुर खत्रीले जानकारी दिनुभयो ।
सवै स्वास्थ्य चोकीमा इन्टरनेट जोडिएपछि काम गर्न सजिलो भएको स्वास्थ्यकर्मीको भनाइ छ । दुइ वर्ष सम्म निशुल्क उपल्ध गराएको यो इन्टरनेटको गती २ एमवि पिएस रहेको छ । जिल्लाको बारेकोट गाउँपालिकाको अधिकांश ठाउँमा फोनले काम नगरेपनि इन्टरनेट मार्फत काम भइरहेको छ । नलगाड नगरपालिकामा केही भागमा फोनले काम नगरेपनि इन्टरनेट जडान पछि काम गर्न सजिलो भएको छ ।





error: Content is protected !!