आकासबेलि का जरा खोज्दै अल्झिएको पार्टि एकता

कालीबहादुर मल्ल

आकासवेलि परजिवि बिरुवा मा पर्दछ र यसका जरा जमिन मा नभएर हावामै कुनै अर्को बाटोमा आस्रित हुन्छ। तैपनि आकावेलिका जरा पाउने भानिस भाग्यमानि हुन्छ ,भनिदिएको ले कतिपय मानिस त्यसको जरा खोज्दा खोज्दै आधा जीवन बिताएका कुरा सुन्न पाईन्छ।
सन्दर्भ नेपाल कम्युनिस्ट पार्टी नेक पा को एकता प्रकृया को हो।झट्ट सुन्दा अपत्यारिलो लागे पनि इतिहास को आव्यक्ता र बर्ग संघर्ष मा देखा परेको नयाँ शक्ति सन्लुन लाई बुझेको जो कोहि बिश्लेषक वा पार्टि कार्यकर्ता ले कम्युनिस्ट एकता लाई सहज रुपमा लिए।जनता उत्साहित भए,नेताहरु लाई धन्यवाद दिए।कतिपयको त प्रतिकृया आयोूयो चुनावि तालमेल भन्दा पार्टि एकतै छिटो गरे हुन्थ्यो ।
जनता ,कार्यकर्ता र मतदाता ले आफ्नो पार्टि एकता प्रतिको नेतृत्व को संकल्प लाई अनुमोदन गरिदिए र भो भन्ने गरिूमतदान गरे।चुनाव सकिएको झण्डै ७ महिना पछि केन्द्रमा
एकता प्रकृया पूरा भोलीलै भए पनि एकता अभियान प्रारम्भ भयो र सन्देश फैलियो।केन्द्रीय संरचना ले सापेक्षित रुपले पुर्णता पाए।तर राज्य पुनर संरचना अनुसार को अर्को तह प्रदेश कमिटि मा समयको माग अनुसार एकता ले गति पकड्न सकेन जसले जनता र कार्यकर्तामा अन्यौलता पैदा गर्यो।जे होस छामछुम गर्दै प्रदेश गठन प्रकृया पनि पूरा भयो।
तर प्रत्यक्ष जनता संग जोडिएका स्थानिय पार्टि कमिटि गठन अझै पनि अन्यौलता मा छन्।जनता को दैनिक जीवन संग जोडिने कमिटि फरमेशन नहुनु ले अन्यौलता,अकर्मण्यता र अराजकताको स्थिति बढ्दो छ।यश
को असर सरकारका कामकार्यबाहि मा ब्यबस्थित प्रचारमा परेको छ।२र३बहुमत को सरकार छ ,राजनितिक स्थायित्व ले आकार ग्रहण गर्दैछ,बिकाश ले पनि गति लिदैछ।आम जनतामा सकरात्मक सन्देश पुगेको छ भने पराजित बर्ग डाहा ले मुर्मुरिएको छ।त्यो बर्ग सानो बिषय भए पनि उचालेर सरकार लाई अल्मल्याउन र अबरोध गर्न खोज्दैछ।शैद्धान्तिक र राजनैतिक विषय नपाए पछि तपसिलका विषय उठाएर सरकार का काम कार्बाहि मा गत्याबरोध गर्दैछन्।
सरकार ले संधान कार्यन्वयनको लागि आवश्यक पर्ने

मौलिक हक सम्बन्धि कानुनहरु,संघ र प्रदेश अधिकारको बाडफाठ सम्बन्धि कानुनहरु बनाउने काममा तपब्रताका साथ लागेको जग जाहेर छ।यस्तै गरि देशको बपकाश र समृद्धि का क्षेत्रमा नितिगत ब्यबस्था र योजनागत पक्षमा सफलता पुर्बक अगाडि बढेको छ।राहत र पुनर निर्माणका काम गतिका साथ सरकार जुटेकोछ।समय ,श्रोत र शक्तिसन्तुलन मिलाउन समय लाग्ने बाहेक सरकार गठनको एक बर्ष नपुग्दै सरकाले दर्जनौं राम्रा काम गरेको छ।
यति हुदाहुदै पनि सरकार ले केही नगरेको भ्रम पार्न खोजिएको छ।जसलाई राजनितिक स्थायित्व र कम्युनिस्ट एकता मन परेको छैन उनिहरु लाई उत्साहित पार्ने काम पार्टि एकताका बाकि कामको ढिलाई ले गरेको छ।पार्टि र सरकारको कामको ब्यबस्थित प्रचारको माध्यम पार्टि नै हो।दैनिक जसो मेडियामा आउने उल्टा र भ्रामक प्रचारको खण्डन पार्टि ले गर्छ गर्नु पर्छ।पार्टिको सेल जरा भनेका स्थानिय कमिटि हुन जो आजसम्म बन्न सकेका छैनन्।पार्टि लाई जिउद्याई राख्ने भनेका सेल कमिटि हुन जो जनता संग निरन्तर सम्पर्कमा हुन्छन्।विडम्बना । जिल्ला नेतृत्व ,जिल्ला कमिटि फरमेशन,नगर र गाउँ पालिका स्तरिए कमिटि बन्न सकेका छैनन्।बरु कार्दल बनाउदै र विघटन गर्दै गर्नु ले थप अनिश्चितता मात्रै थपेकोछ , निकास निकालेन कार्यदल ले।
निश्चित रुपले जनयुद्ध बाट आएको शक्ति र जनआन्दोलन बाट आएको अर्को शक्ति हुनुले नेता र कार्यकर्ता को संख्या बढि हुनु स्वाभाविक हो।तत् ठाउमा नेता कार्यकर्ताको उचित ब्यबस्थापन हुनु पर्छ सायद नेतृत्व लाई परेको गाठो यहिनेर होला।फेरि पनि समाधान नगरि सुखैछैन यसको समाधान नीति,विधि र मापदण्ड नै हो।बिधानमा भएको ब्यबस्था लागू गर्नु पर्यो,बिधान मा जटिलता भए संशोधन गर्नु पर्यो र पार्टि एकता लाई पुर्णता दिनु अन्यौलता गर्नु हो।पार्टि नै बिचार प्रवाह को भौतिक शक्ति हो। सम्पुर्ण काम थाति राखैं (पार्टि एकता लाई पुर्णता दिउँ ।
अन्यथा ूकार्दल गठन गरौं,विवाद मिलेन शिर्ष नेतृत्व को जिम्मा लगाउँ र फेरि पनि कार्दल गठन गरौं । निरन्तरता पाउने र भाग्यको नाममा आकासवेलि को जरा खोज्दै जीवन बिताउने सरह त हुदैन आम चासोको बिषय।





error: Content is protected !!