सशस्त्र प्रहरीद्वारा भन्सार छलेर ल्याएका लाखौं मूल्यका सामान बरामद

सिरहा– सशस्त्र प्रहरीको टोलीले सिरहाका विभिन्न स्थानबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको तीनलाख भन्दा बढी मूल्यको समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, माडरका प्रमुख इन्सपेक्टर सुरेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको गस्ती टोलीले ती सामान बरामद गरेका हुन् ।

प्रहरीले सिरहा नपा १७ पटेर्वाबाट स ९ प २० नम्बरको मोटरसाइकलसहित १ लाख ८१ हजार ६ सय मूल्य बराबरको साडी र सेण्डो बरामद गरेको हो । भारतबाट नेपालतर्फ आईरहेको मोटरसाइलमा सवार व्यक्ति प्रहरीलाई देखेपछि भागेकाले मोटरसाइकलमा खानतलास गर्दा भन्सार छली ल्याएको साडी र सेण्डो बरामद गरेको इन्सपेक्टर शाहीले बताए ।

त्यसैगरी, इन्सपेक्टर शाही र जिल्ला भन्सार कार्यालयको प्रतिनिको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको एक लाख १७ हजार मूल्य बराबरको एक सय २० थान ब्ल्याङ्केट बरामद गरेको छ । प्रहरीको गस्ती टोली देखेर अवैध रुपमा सामान ल्याउँदै गरेको व्यवसायी सामान छोडेर भागेको हुन सक्ने बताइएको छ ।

भन्सार छली ल्याएका बरामद सम्पूर्ण सामानहरु जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको इन्सपेक्टर सुरेन्द्रबहादुर शाहीले जानकारी दिए।रातो साभार




सम्बन्धित समाचार


error: Content is protected !!