जाजरकोट डोल्पा सडकको स्तरउन्नतीको माग

काठमाण्डौ ः जाजरकोट डोल्पा सडक खण्डका विभिन्न ठाउँमा पुल निर्माण र स्तरउन्नतीको काम तत्काल सुरु गर्न प्रतिनिधीसभा सदस्या सत्य पहाडीले माग गर्नुभयो । आज प्रतिनिधीसभाको बैठकमा बिशेष समय लिएर बोल्दै उहाँले स्तरउन्नती र पुल , पुलेसा निर्माणमा तत्काल लाग्नुपर्नेमा जोड दिनुभयो । डोल्पामा भएको जीप दुर्घटनामा परी मृत्यू भएका परिबारलाई राहत , क्षतिपर्ती तत्काल दिन उहाँले सरकार माग गर्नुभयो । डोल्पा जिल्ला अस्पतालमा औषधी , चिकित्सक र उपकरणको व्यवस्था तुरुन्त मिलाउन समेत माग गर्नुभयो । हिमाली डोल्पाका स्थानीयले प्रभावकारी स्वास्थ्य सेवा नपाएको भन्दै पुर्व शान्ति मन्त्री समेत रहनुभएकी पहाडीले सरकार संग माग  गर्नुभयो ।  ।





error: Content is protected !!