बालविवाह रोक्न विद्यालयमा पढाइ

सञ्जय केसी 
जाजरकोट ः बालविवाह हुँने क्रम नरोकिएपछि जाजरकोटका विद्यालयमा बालविवाह न्यूनिकरणका लागि कक्षा सञ्चालन गरिएको छ । बालविवाह गर्नेको दर बढेपछि यहाँका स्थानीय सरकारले विशेष कार्ययोजना बनाइ कक्षामा पढाउन थालिएको हुन् ।
अहिले जिल्लाका नलगाड नगरपालिका , छेडागाड नगरपालिका र शिबालय गाउँपालिकाका विद्यालयहरुमा कक्षा नै सञ्चालन गरिएको हो । स्थानीय सरकार प्रमुख नै विद्यालयमा गएर बालविवाह न्यूनिकरणको कक्षा लिएर अभियान गती दिएको पाइएको छ । विद्यालयमा अहिले जनप्रतिनिधी , शिक्षक र अभिभावक संगै कक्षामा बसेर बालविवाहबाट हुँने वेफाइदाका विषयमा खुलेरै छलफल गर्न थालिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । विद्यालय उमेरका बालबालिका नै बालविवाह गरेर समस्य निम्तिएको भन्दै रावलले यसको बिषयमा गम्भिर हुनुपर्ने अवस्था सिर्जना भएको भनाई राख्नुभयो । आफ्नो बालबालिकाले के गदै छ , कती वेला विद्यालय गयो र कस्तो व्यक्तिसँग संगत छ भन्ने कुरामा ध्यान दिन नगरप्रमुख रावलले सुझाव छ ।
अहिले जिल्लाका सवै स्थानीय तहमा बालविवाह न्यूनिकरण गर्नका लागि अभिभावक, शिक्षक र जनप्रतिनिधीहरु हातेमालो गदै अगाडी बढेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । बालविवाहले निमत्याएको लैङ्गिक हिंसा न्यूनिकरणका लागि टोल विकास समिति , बाल सञ्जाल , आमा समुह लाइ पनि सक्रिय बनाएर काम सुरु भएको घर्तीले बताउनुभयो । यत्ता छेडागाड नगरपालिकाले बिभिन्न वडामा गएर अभिभावक संग अन्तरक्रिया देखि बालिका सम्मेलन गरेर बालविवाह न्यूनिकरण अभियान थालेको नगरप्रमुख लालबहादुर महताराले बताउनुभयो । कर्णाली प्रदेशकै पहिलो बालिका सम्मेलन गरेर छेडागाड नगरपालिकाले बालविवाह न्यूनिकरणको अभियान थालेको थियो ।
जिल्लाको पुर्वमा रहेको नलगाड नगरपालिकाले सवै जनप्रतिनिधी र शिक्षक, आमा समुह, दलका प्रतिनिधीलाइ बालविवाह न्यूनिकरण गर्नका लागि गाउँ , गाउँमा जनचेतना फैलाउन र विद्यालयमा गएर कक्षा लिएर अभियान थालिएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । जनप्रतिनिधीले अभिभावकलाइ सँगै राखेर विद्यालयमा पढाउन सुरु गरेको उहाँले जानकारी दिनुभयो । बालविवाह न्यूनिकरणका लागि पहिलो काम विद्यालय तहमा नै प्रशिक्षण दिएर मात्र कम हुँने उहाँको तर्क छ । विवाह गर्ने उमेरमा आमा भएर उनीहरुको वृद्धी विकास देखि पढाइ समेत विग्रिएको भन्दै ठुलो जर्वर समस्या आएको उहाँको भनाइ छ । गरिब , अशिक्षित र फकिदा बालविवाह बढी भएको भन्दै पहिलो काम हाम्रो चेतना अभिवृद्धी गर्नु स्थानीय सरकारको काम भएको जिम्मेवारी हो जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनभुयो । जिल्लामा बालविवाह गर्ने जोडीहरु भकाभक प्रहरीले पक्राउ गरी अभिभावकको जिम्मा लगाउँने काम भईरहेको छ ।
प्रहरीले दुवै तर्फका अभिभावकलाई बोलाएर सम्झाइ , बुझाइ गरी बालविवाह गर्ने जोडीलाई अभिभावकको जिम्मा लगाउने गरेको डिएस्पी रबीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । बालविवाह न्यूनिकरण गर्नका लागि पहिलो काम अभिभावक सचेत हुनुपर्नेमा सरोकारवाला निकायहरु जोड दिन्छन् । अव स्थानीय तहले बालविवाह न्यूनिकरणका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा पढाउने कार्य सुरु गरिने नलगाड नगरपालिकाले जनाएको छ । जाजरकोट जिल्ला अदालतमा उमेर नपुगी विवाह गरेका महिलाले पीडित भएको भन्दै उजुरी आउने क्रम बढेको देखिन्छ । कम उमेरमा बिहे गर्ने उमेर पुगेपछि सम्वन्ध विच्छेदका लागि अदालत धाउने प्रवृती बढी देखिएको नेपाल बार एशोसेसनका अध्यक्ष भीमबहादुर सिंहले बताउनुभयो ।










