जिल्लाका प्रमुख भरी पुर्वी जाजरकोट

जाजरकोट ः यातायात र स्थानीय बजारको अवस्था बुझन सुरक्षा प्रमुखहरु सहित जिल्लाका सवै सरोकार राख्ने कार्यालयका प्रमुखहरु जाजरकोटको पुर्वी क्षेत्रमा पुगेका छन् ।

सदरमुकाम खलंगा भन्दा झण्डै ५७ किलोमिटर दुरीमा रहेको तल्लुबजार सम्मा यहाँका कार्यालय प्रमुखहरु पुगेर अनुगमण थालेका हुँन् । प्रशासनले तोकेको भाडा दर कार्यन्वय र बजारमा दैनिक आवश्यकिय सामग्रीको मुल्य तथा म्याद बिषयमा बुझन जिल्लाको टिम त्यहाँ पुगेको हो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत , डिएस्पी रबीन्द्रबहादुर सिंह लगायत जिल्लाको टिमले दल्ली देखि तल्लु सम्मा चल्ने यातायातका साधनले २० किलो मिटरको दुरीमा प्रति यात्रुको ३ सय ५० रुपैया भाँडा उठाउनुको साथै ५ सिटे हलुका यातायातलाई १५ सिट बनाएर संचालनमा ल्याएको भेटिएको छ ।

 

अनुगमणको क्रम्मा यातायात ब्यबसायी समितिले रातो प्लेट नम्बरको गाडीलाई पनि सार्वजनिक यातायातका रुपमा संचालन गर्न दिईएको फेला परेको थियो । ५ सिटलाई बढाउर १५ सिटे बनाईका ३ वटा जीपलाई मैदे प्रहरी पोष्टको नियन्त्रणमा रहने गरि कारबाही गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

तल्लुबजारमा संचालन गरिएका औषधी पसल र किराना पसलहरुको अनुगमन गर्दा दर्ता नै नगरि संचालनमा रहेको मेडिकलमा तालाबन्दी गरिएको छ । मेडिकल दर्ता नगर्दासम्म संचालन नगर्नेगरि उक्त तालाको साँचो ईलाका प्रहरी कार्यालय रग्दाको जिम्मा लगाईएको प्रजिअ बस्नेतले जानकारी दिए । त्यसैगरी उक्त बजारमा अधिकांश पसलहरु दर्ता नगरेरै संचालनमा रहेको प्रजिअ बस्नेतको भनाई रहेको छ । साल्ट्रेङ्गिले वितरण गर्दै आएको भानु नुन विक्रि गर्ने मनसायले एक पसलमा २५ पोका र अर्को पसलमा ४० पोका राखेको पाईएपछि उक्त नुन तत्काल पसलवाट हटाएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीहरुमा जनपथ प्रहरीका प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसन्धान अधिकृत, नेपाली सेनाका मेजर, वन भिडिजन कार्यालय, जाजरकोटका प्रमुख, नेपाल खाद्य संस्थान जाजरकोट शाखाका प्रमुख, नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।





error: Content is protected !!