ससुराली पुगेर श्रीमतीमाथि एसिड प्रहार

चितवन,
पर्यटक बोक्ने सानो गाडी रिजर्भ गरेर पोखरादेखि भरतपुरसम्म आएर एक पुरुषले श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।
पोखरा महानगर २९ आदर्शनगर वस्ने ४७ वर्षीय वीरेन गुरुङले श्रीमतीलाई एसिड हानेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो भरतपुर २४ धु्रबबजार स्थित माइतमा बसिरहेको अवस्थामा २० वर्षीया डोल्मा रुम्बालाई वीरेनले एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । एसिड प्रहारबाट अनुहार र टाउकोमा असर पुगेको रुम्बाको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पोखराबाट ग १ य ५४३ नम्बरको गाडीमा ४ जना युवासहित आएका वीरेनले युवतीको माइतीमै पुगी एसिड हानेको प्रवत्ता रेग्मीले बताए । पक्राउ परेका अन्य आरोपीहरुमा पोखरा महानगर १० वस्ने वर्ष ३९ को हेम थापा, हेटौडा १० वस्ने वर्ष २४ को विवेक गुरुङ र पोखरा २९ वस्ने वर्ष निरेन गुरुङ रहेका छन् ।

एसिड हानेर फरार रहेका ४ जनालाई प्रहरीले नारायणगढ लायन्सचोकबाट नियन्त्रणमा लिएको छ । घटना गराई भाग्न लागेको अवस्थामा घेराहानी नियन्त्रणमा लिएको उनले बताए । ‘प्रारम्भीक अनुसन्धानका क्रममा घरायसी झगडाले गर्दा घटना भएको वुझिएको छ, प्रवत्ता रेग्मीले भने, ‘पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेकाले थप विषय खुलेको छैन ।’ गाडीमा प्रयोग हुने एसिड पानी हानेको बताइएको छ ।





error: Content is protected !!