यी हुन् २०१८ का चर्चित १० अन्तर्राष्ट्रिय व्यक्ति

जमाल खसोग्गी
साउदी अरबका पत्रकार जमाल खसोग्गीको २ अक्टोबरमा हत्या भएको थियो । दोस्रो विवाहका लागि कागजात मिलाउन टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका वेला हत्या भएको थियो । खसोग्गीको हत्यापछि उनकै भेष धारण गरेर दूतावासबाट एक व्याक्ति निस्किएका थिए । यसकारण उनको हत्या योजनाबद्ध भएको टर्कीको दाबी छ । तर, किन र कसले हत्या ग(यो भन्ने खुल्न सकेको छैन । उनको शव पनि फेला परेको छैन । प्रमाण नष्ट गर्न उनको शवलाई टुक्रा–टुक्रा पारेर एसिडमा घोलिएको टर्की सरकारको दाबी छ । टर्कीले हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

हार्भे वेन्स्टेइन
अमेरिकन फिल्म निर्माता हार्भे वेन्स्टेइनविरुद्ध सामाजिक सञ्जालमा मी टु अभियान चलेपछि उनी चर्चामा रहे । सर्वप्रथम हलिउड अभिनेत्री एलिसा मिलानोले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै मी टु ह्यासट्याग प्रयोग गरेकी थिइन् । हुन त मिलानोले अघिल्लो वर्ष नै यो अभियानको सुरुवात गरेकी थिइन् । त्यसपछि दर्जनौँ महिलाले आफूमाथि पनि हार्भेले यौन दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा ह्यासट्याग ‘मी टु’ प्रयोग गरेका थिए । तर, उनको गिरफ्तारी भने २५ मे २०१८ मा मात्र भएको थियो । त्यो दिन दुई महिलाले आफूमाथि बलात्कार, यौन अपराध र दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । लगत्तै, वेन्स्टेइनले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

इमरान खान
पाकिस्तानमा इमरान खानको उदय भयो । उनको दल पाकिस्तान तारिक ए इन्साफले नेसनल एसेम्ब्लीको तीन सय ४२ मध्ये एक सय ५६ सिट जित्यो । अन्य साना दलको समर्थनमा उनी २२औँ प्रधानमन्त्री निर्वाचित भए । उनले सन् १९९६ मा सो पार्टी स्थापना गरेका थिए । प्रधानमन्त्री निर्वाचित भएलगत्तै खानले ‘नयाँ पाकिस्तान’को नारा ल्याएका थिए । उनी विश्वविजेता पाकिस्तानी क्रिकेट टिमका कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेट जितेको थियो । पाकिस्तानका लागि उनले ८८ टेस्ट खेलेर ६ शतकसहित तीन हजार आठ सय सात रन बनाएका छन् । त्यस्तै, एक सय ७५ एकदिवसीय खेल्दै एक शतकसहित तीन हजार सात सय नौ रन बनाएका छन् ।

लुका मोड्रिक
सन् २००९ देखि २०१७ सम्म फिफा वर्ष खेलाडीमा पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेसीबीच मात्र उपाधि बाँडफाँड भयो । ब्राजिलका नेमार, इंग्ल्यान्डका ह्यारी केन तथा उरुग्वेका लुइस सुआरेजले चुनौती दिए पनि सफल भएनन् । लामो समयपछि क्रोएसियाका लुका मोड्रिक उनीहरूको दबदबा तोड्दै सन् २०१८ को फिफा वर्ष खेलाडी घोषित भए । उनले विश्वकपमा क्रोएसियालाई पहिलोपटक फाइनल पु(याउनुका साथै रियल म्याड्रिडलाई लगातार तेस्रोपटक युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग जिताएका थिए । विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै उनले गोल्डेन बल पाएका थिए । उनको बाल्यकाल शरणार्थी क्याम्पमा बितेको थियो । उनले गोल्डेन बल जितेपछि उनको बाल्यकालबारे मिडियामा निकै चर्चा भएको थियो ।

मेङ वाङझोउ
चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वाङझोउ क्यानडामा पक्राउ परेपछि अमेरिका र चीनको सम्बन्ध बिग्रियो । उनी हुवावेका संस्थापक रेन झेनजिफीकी छोरी हुन् । हुवावेले इरानमाथिको अमेरिकी नाकाबन्दी अवज्ञा गरेको भन्दै अमेरिकी अधिकारीको आग्रहमा क्यानडाको प्रहरीले उनलाई पक्राउ गरेका थियो । क्यानडाको भ्यानकुभरमा एउटा विमानबाट अर्कोमा चढ्ने क्रममा मेङ पक्राउ परेकी थिइन् । उनको पक्राउले मानवअधिकारको गम्भीर उल्लंघन भएको र अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी चीनले दिएको थियो । १ डिसेम्बरमा पक्राउ परेकी उनी डेढ सातापछि धरौटीमा रिहा भइन् । क्यानडाको अदालतले मेङसँग ७५ लाख अमेरिकी डलर जमानत माग गरेको थियो । उनको पासपोर्ट पनि क्यानडेली सरकारलाई बुझाउन निर्देशन दिइएको छ ।

भ्लादिमिर पुटिन
फोब्र्स म्याग्याजिनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०१८ को विश्वकै सर्वाधिक शक्तिशाली व्यक्ति घोषणा ग¥यो । उनी यही वर्षको सुरुमा भएको निर्वाचनमा विजयी भएका थिए । निर्वाचनअघि उनलाई कडा टक्कर दिने अनुमान गरिएका नेता एलेक्सेई नाभाल्नीलाई त्यहाँको निर्वाचन आयोगले उम्मेदवार बन्न नै प्रतिबन्ध लगाएको थियो । ६५ वर्षीय पुटिन १८ वर्षदेखि निरन्तर रसियाको नेतृत्वमा छन् । सैनिक परिचालन गरी क्रिमियालाई नियन्त्रणमा लिएपछि युरोपका अन्य शक्तिशाली देश र अमेरिकासँग उनको टसल परेको थियो । तर, उनले क्रिमियाबाट सेना फिर्ता गर्न अस्वीकार गरे । उनी जुडो र क्योकुसिनका खेलाडी पनि हुन् ।

कार्लोस गोन
जापानको अटो कम्पनी निसानका अध्यक्ष कार्लोस गोन आर्थिक अनियमितताको आरोपमा पक्राउ परे । निसान कम्पनी टाट पल्टिसकेको थियो । उनले फ्रान्सेली कम्पनी रेनोसँग साझेदारी मात्र गरेनन् कि अर्को ठूलो कम्पनी मित्सुबिसीलाई पनि गाभे । उनले अटोको सबैभन्दा ठूलो साझेदार कम्पनी बनाए । तर, कम्पनीको सम्पत्ति दुरुपयोग गरेको र आफ्नो तलब कम देखाएको आरोपमा उनी १९ नोभेम्बरमा पक्राउ परे । उनको पक्राउले विश्वलाई नै अचम्मित बनायो । उनलाई प्रहरीले टोकियोस्थित हिरासतमा राखेको छ । उनी अझै कम्तीमा १० दिन हिरासतमा बस्नुपर्नेछ ।

एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर
मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर छिमेकी देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रामक भाषण गरेर चर्चामा आए । उनी यही वर्ष मेक्सिकोको राष्ट्रपति निर्वाचित भएका थिए । अमेरिका र मेक्सिको सीमामा पर्खाल लगाउने विषय उछालेर मेक्सिकन जनताको अपमान गरेको भन्दै उनले डोनाल्ड ट्रम्पलाई ‘सैतान’को संज्ञा दिएका थिए । उनले अमेरिकालाई हिटलरको जर्मनीसँग तुलना गरेका थिए । उनी निर्वाचनमा विजयी भएपछि ट्रम्पले भने ट्विटरमार्फत बधाई दिएका थिए । ओब्राडोर यसअघि मेक्सिकन सिटीका मेयर पनि भएका थिए । त्यतिवेला उनले सरकारी कर्मचारीको तलब कटौती, नयाँ सार्वजनिक विश्वविद्यालयको स्थापनालगायत सुधारका काम गरेर लोकप्रियता हासिल गरेका थिए ।

मैत्रिपाला सिरसेना
संसद्बाट निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेपछि श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरसेना विवादमा फसेका थिए । विक्रमासिंघेलाई बर्खास्त गरेर उनले आफ्ना राष्ट्रपतिका प्रत्यासी तथा पूर्वराष्ट्रपति महेन्द्रा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै थिए । त्यसलगत्तै राष्ट्रपतिको संसद् र अदालतसँग पनि शक्ति संघर्ष चलेको थियो । सिरसेनाले संसद् नै विघटन गरिदिए । तर, अदालतले त्यसलाई अवैधानिक ठहर ग(यो । उता, राजापाक्षेले संसद्मा बहुमत सिद्ध गर्न सकेनन् । सिरसेनालाई आफ्नै दलका कतिपय सांसदले साथ दिएनन् । संसद्बाट विक्रमासिंघे पुनः प्रधानमन्त्री निर्वाचित भएपछि सिरसेनाले दोस्रोपटक शपथ गराएका थिए ।

मेगन मर्कल
हलिउड नायिका मेगन मर्कल बेलायती राजपरिवारकी सदस्य भएकी छिन् । उनले राजकुमार ह्यारीसँग गत मेमा विवाह गरिन् । ह्यारीसँग उनको दोस्रो बिहे हो । यसअघि उनले सन् २०११ मा फिल्म निर्माता ट्रिभोर इंगलसनसँग बिहे गरेकी थिइन् । बिहे गरेको दुई वर्षमा नै उनीहरू छुट्टिएका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा हुर्केकी उनी क्यानडाको टोरन्टो बस्थिन् । उनी पहिलोपटक ६ मे २०१७ मा ह्यारीसँग देखिएकी थिइन् । वर्कसाइरमा ह्यारी पोलो खेलिरहँदा मेगन सँगै थिइन् । सन् २०१७ मा भेनिटी फेयर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा मेगनले ह्यारीसँग गहिरो प्रेममा परेको खुलासा गरेकी थिइन् ।





error: Content is protected !!