नागरिताको लागि मृत्यु प्रमाणितको सिफारिस

जाजरकोट ः निवेदकले दिएको निवेदन कारबाही गर्दा सम्बन्धित वडा कार्यालयले नेपाली नागरिकताको लागि सिफारिस गर्नुपर्नेमा मृत्यु प्रमाणितको सिफारिस गरेको पाईएको छ । नेपाली नागरिकताको प्रमाण पत्र लिनका लागि जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित वडाले गरेको सिफारिसमा यस्तो पाईएको हो ।
नेपाली नागरिकताको प्रमाण पत्र दिनु पूर्व सम्बन्धि वडाको स्थायी बासिन्दा भएको वा नभएको, नेपाली नागरिकता लिने व्यक्तिले हालसम्म कही कतैवाट नेपाली नागरिकताको प्रमाण पत्र लिएको वा नलिएको, नाता सम्बन्ध सहितको बंशज खोलिएको सम्बन्धित वडा कार्यालयको सिफारिस जिल्ला प्रशासन कार्यालयले खोज्दै आएको छ । यसै क्रममा नलगाड नगरपालिका–५को वडा कार्यालयले नेपाली नागरिकताको प्रमाण पत्रका लागि जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई गरेको सिफारिसमा मृत्यु प्रमाणितको सिफारिस गरेको छ ।
सिफारिसको व्यहोरामा नेपाली नागकिताको पमाण पत्र उपलब्ध गराई दिन हुन सिफारिस गरिएको ब्यहोरा उल्लेख गरिएको भएतापनि सिफारिसको बिषयमा मृत्यु प्रमाणित लेखिएको छ । नलगाड नगरपालिका–५ का हंश बहादुर सिंहकी नातीनी, गोविन्द बहादुर सिंहकी छोरी,लक्ष्मी सिंहले नेपाली नागरिकताको प्रमाण पत्रको सिफारिस गरिपाउ भनि २०७५ साउन ६ गते दिएको निवेदन अनुसार ५ नम्बर वडा कार्यालयले २०७५ पुस ११ गतेको पत्र संख्या २०७५÷०७६ चलानी नम्बर १३० रहेको नेपाली नागरिकताको लागि गरिएको सिफारिसमा मृत्यु प्रमाणितको बिषय राखिएको छ । गत साउन महिना देखि नेपाली नागरिकताको प्रमाण पत्रको लागि खलंगा धाउन लागेकी लक्ष्मी सिंहले अझैपनि वडा कार्यालयवाट सिफारिस सच्याएर जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकताको प्रमाण पत्र पाउने आशै आशमा रहेकी छन् ।







