सिंहदरबार छिर्न खोज्ने अधिकृतहरुको परिचयपत्र खोसियो

काठमाडौँ। सिंहदरबार प्रवेश गर्न खोज्ने ‘तालिमे’ शाखा अधिकृतका परिचयपत्र प्रहरीले जफत गरेको छ । जाउलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिइरहेका अधिकृतहरुको परिचयपत्र दक्षिण गेटमा खटिएका सुरक्षाकर्मीले जफत गरेका हुन् ।

तालिम लिइरहेका अधिकृतहरुको तालुक मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । सुरक्षा प्रहरी गण सिंहदरबार स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनमा अधिकृतको परिचयपत्र जफत गरिएको हो ।

केही दिनअघि गृहले तालिम लिइरहेका २ सय सयभन्दा बढी नयाँ अधिकृतबाट आन्दोलन खतरा रहेको विश्लेषण गर्दै उनीहरुलाई सिंहदरबार प्रवेश नदिन सर्कुलर गरेको थियो । समायोजन अध्यादेश विभेदकारी भएको भन्दै कर्मचारी आन्दोलित छन् । आन्दोलनमा साथ दिन नयाँ अधिकृतहरु सिंहदरबार प्रवेश गर्दै थिए ।

यसैबीच, अध्यादेश ल्याएर सरकारले विभेदपूर्ण तरिकाले समायोजनमा पठाउन लागेको भन्दै आन्दोलनरत कर्मचारीहरुले दिउँसो ३ बजे प्रदर्शन गर्ने तयारी गरेका छन् । प्रदर्शन सिंहदरबार भित्रै वा माइतीघर मण्डलामा हुनेछ । अध्यादेशले एकै प्रावधानमा भर्ना भएका कर्मचारी कसैलाई मुख्यसचिवसम्म हुन पाउने सुनिश्चितता गरिदिएको र कसैबाट त्यो अधिकार छिनेको भन्दै कर्मचारी आन्दोलनमा छन् ।

लेखा समूहका कर्मचारी पनि आन्दोलित भएका छन् । महालेखा परीक्षकको कार्यालय अन्तर्गतका हजारौं कर्मचारीले सोमबार कालोपट्टि बाँधेर काम गर्ने तयारी गरेका छन् ।दैनिक नेपालमा खवर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!