टेलिकमको प्रवन्ध निर्देशकमा संगिता एक्ली महिला उम्मेदवार, सम्भावना कती ?

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न निवेदन दिने ११ जना मध्ये एक जना मात्र महिलाको आवेदन परेको छ । निवेदन दिएका ११ मध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् । नेपाल टेलिकममा अहिले म्यानेजर रहेकी संगीता पहाडीले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएकी छन् ।
टेलिकम भित्रै कार्यरत ७ जना र बाहिरका २ सहित नौ जनाले सोमवार अन्तरवार्ता तथा कार्यायोजना सहितको प्रस्तुतीकरण राख्ने छन् । ९ जनामा पहाडी मात्र एक महिला हुन्, जो निवेदन पेश गर्ने टेलिकमको कर्मचारी मध्ये वरिष्ठ कर्मचारी हुन् । यि बाहेक प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्ऽकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले निवेदन दिएका छन् । थाइलेण्डवाट सन् २००० मा टेलिकम्युनिकेशनमा मास्टर डिग्री गरेकी संगितासंग २६ वर्ष लामो कार्य अनुभव छ ।
११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो । अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ । राजनीतिक हस्तक्षेप नभएमा संगिताको दावेदारी प्रवल रहेको छ ।










