जाजरकोट महोत्सवमा भलिबलको उपाधि सुर्खेतलाई

जाजरकोट ः तेस्रो जाजरकोट महोत्सवको अवसरमा जिल्ला खेलकुद विकास समितिले गरेको खुल्ला भलिबल प्रतियोगिताको उपाधि सुर्खेतस्थित चुली युवा क्लबले हात पारेको छ। उपाधिसँगै एक लाख एघार हजार १११ रुपैयाँ नगद समेत क्लबले हात पारेको हो। जाजरकोटस्थित मालिका ट्रेड लिंकलाई पराजित गदै चुली युवा क्लब विजयी भएको हो।

खलंगास्थित त्रिभुवन माविको खेलमैदानमा बेस्ट अफ फाइभमा खेलाइएको रोमाञ्चक फाइनलमा ३–१ को अन्तरमा सुर्खेतले जितेको हो। २५–१७, २८–३०, २२–२५ र २५–१७ को सेटमा जाजरकोटी टिम पराजित भएको हो।

प्रतियोगितामा नेपाली सेनाको ज्वालादल गण तृतीय भएको छ। प्रतियोगितमा प्रथमलाई एक लाख ११ हजार १११ , द्वीतियलाई ७७ हजार ७७७ र तृतीयलाई ५५ हजार पाँच सय ५५ नगद तथा प्रमाणपत्र प्रदान गरिने भएको छ।

प्रतियोगितामा स्थानीय क्लब, विभिन्न पालिका, नेपाली सेना र छिमेकी जिल्लाका टिमहरू सहभागी रहेका थिए। गत ११ गते देखी भएको खेलको फाइनल खेल आइतवार विहान गरिएको हो। जाजरकोटमा अहिले सम्म आयोजना गरिएका खेल मध्य यो सर्वाधिक राशीको पुरस्कार हो।




सम्बन्धित समाचार


error: Content is protected !!