बाबाको अधुरो यात्रा पुरा गदै लक्ष्मी

जाजरकोट ः ईतिहासका हरेक काल खण्ड आफैमा एउटा जिवित गाईड हो । मानबिय क्रियाकलापबाट सिर्जित हरेक कार्य र कर्महरु भावी पुस्ताका लागि एक उदेश्य सहितको बाटो हो । भनिन्छ भौतिक शरिर मरेर कहाँ पुग्छ कहाँ तर उसले गरेका हरेक कामहरु पृथ्वीमा डोव बनेर ईतिहास बन्दै भावी पुस्ताको ज्ञानको साधना बन्ने गर्दछ ।

त्यस्तै एउटा मार्मिक कहानी र वेदनाबाट झाँगिएको एक बालकको जन्म २००९ सालमा एक परिबारमा भयो । जाजरकोट जिल्लाको बिकट पहाडी गाउँ लहँ १ भारगाउँमा । अभावै अभावको बिचमा छिताराम सुनारको ईतिहासको एकाबिहानै जन्म मात्र भएन , उनी संग अनेक खालका संर्घषका डोवहरु पनि संगै आँधी वेहरी भएर अघि , अघि उनका जीवनमा आईलागे । जहाँ संर्घष हुन्छ त्यहाँबाट नै मानिसको जिन्दगीले बास्तबिक कथा र सही बाटो पहिल्याउछ भनेर झै उनी सानैमा कठोर परिश्रम मात्र गर्ने भएन्न , अर्काको दुख समेत देख्न नसक्ने भए ।

उनकै भौतिक शरिर आफैमा एक संर्घषको पहाडबाट गतिबान हुँदै अगाडी पाईला चाल्दै थियो । देशमा राणाहरुको खपी नसक्नु पीडा र त्यही पीडाको बीचमा जिन्दगीका हरेक मोड संर्घषको कथा बुन्दै अगाडी बढेको बालक छिताराम । देश र छितारमको कथा एकै दिशाबाट अगाडी वढ्यो । उनको जिन्दगीमा जन्म दिने आमा संगै ४ आमा ,तितो , तिठा बचन र व्यवहारबाट जिन्दगी जिउने कला र आधार तयार भएको उनका समकक्षीहरु बताउँछन् ।

यति लामो चर्चा गदै गर्दा उनको मृत्यू भएको १ वर्ष पनि बितेको छ । तपाई आफै भन्नुहोस , मान्छेको अर्को जिन्दगी संर्घषबाट जन्मिन्छ भनेझै , उनको अपुरो काम पुरा गर्न उनकै छोरी लक्ष्मी बिसी अहिले एक छिताराम स्मृती प्रतिष्ठान गठन गरी बाबाको सपना पुरा गर्ने अठोटमा छिन् । हुँन त छितारामका छोराहरु नभएका पनि होईन्न , तर ईतिहासलाई थप अमर ,र अजर बनाउन भने छोरी लक्ष्मी अहिले लक्ष्मीकै रुप धारण गरि बाँकी सपना पुरा गनै मैदानमा छन् । छितारामले देखाएको बाटो र उनका जिन्दगीका कठोर दिन पछि नयाँ संकल्प सहितको समाजसेवाका कयौँनपाटाहरु सवैले अनुसरण गर्न लायक भएको सांसद गणेसप्रसा सिंहको कथन छ ।

गाउँको निकै गरिब परिवारमा जन्म लिएका छितारामले इण्डिया गएर कमाएको पैसाले कानपुरवाट सामान ल्याएर गाउँ–गाउँमा कुम्ले ब्यापार गरेर ब्यापारी सेवा सुरु गरेका थिए । कुम्ले ब्यापारवाट सेवा सुरु गरेका छितारामले भारगाउँको नेटीलेक, नलगाड नगरपालिका–५ स्थित कालिमाटीलाई ब्यापारी केन्द्रमा स्थापित गरेका थिए । उक्त कालिमाटी ब्यापारी केन्द्रबाट बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र डोल्पा जिल्लाबासीले ब्यापार गर्ने गरिरहेका छन् । रुकुमको चौरजहारीलाई पनि ब्यापारी केन्द्र बनाउनमा छितारामको ठुलो योगदान रहेको छ ।

छिताराम सफल ब्यापारी मात्र नभएर भारगाउँको नेटीलेकमा ठुलो स्याउँको बगैचा स्थापना गरेर सफल कृषकको सुचीमा नाम सुचीकृत गर्ने सफल व्यक्ति हुन् । बारेकोट जान आउनलाई प्रयोग हुने पुरानो वाटो नेटीलेक खानेपानी नपाईने लेक हो । आफ्नो कमाईको केही अंश समाजसेवामा लगानी गर्दै आएका छितारामले आफ्नै नीजि लगानीमा नेटीलेकमा खानेपानी ट्याङकी निर्माण गरेर बाटोमा हिडिरहेका बटुवालाई खानेपानी सेवा प्रदान गरेका थिए ।

त्यसैगरी भारगाउँमा आफ्नै निजी लगानीमा १२ वटा निर्माण गरिएका खानेपानी धारा अहिलेसम्म संचालनमा रहेको छिताराम स्मृति प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी जानकारी दिईन । लहँको थाप्लाका महिलाहरुले घण्टौंको समय लगाएर खानेपानी गाग्रीमा बोकेर ल्याउनु पर्ने अबस्थाको अन्त्य गर्न ४ किलोमिटर लामो दुरीमा लाग्ने पाईप छितारामले आफ्नो निजी पैसाले किनेर उपलब्ध गराएका थिए अध्यक्ष लक्ष्मी भनिन्, ‘बुवाको सम्झनामा गठन गरिएको प्रतिष्ठानले सवै कानुनी मान्यता प्राप्त गरिसको छ, प्रतिष्ठानले मुनाफा रहित तरिकाले सामाजिक क्षेत्रमा काम गर्दै जानेछ ।’

समाज सेवाका क्षेत्रमा बुवाले आफुलाई छोडेर गएका अधुरा सपनालाई पुरा गर्ने वताउदै प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी आफ्नो खानाको गाँस कटौती गरेर भएपनि समाज सेवाको कामलाई अगाडी बढाउने बताईन । नलगाड नगरपालिका–५ कालिमाटीमा प्रधान कार्यालय रहेको छिताराम स्मृति प्रतिष्ठानले भेरी नगरपालिका–१ रिम्नामा स्थापना गरेको छितारामको सालिकको अनावरण सोमवार कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहले गरेका थिए ।

प्रतिष्ठानद्धारा औपचारिक कार्यक्रमको आयोजना गरेर सालिक अनावरण गरिएको थियो । सालिक अनावरण कार्यक्रममा जनप्रतिनीधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, राजनैतिक दलका नेता, पत्रकार, नागरिक समाजका अगुवा लगाएतका सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
रिम्नामा सोमबार अनावरण गरिएको छिताराम सुनारको अर्धकट् सालिक जिल्लाकै दोश्रो सालिक भएको छ भने, पहिलो सालिक तत्कालिन जिल्ला विकास समिति कार्यालय प्राङ्गणमा लेखनाथ पौड्याल प्रतिमा निर्माण समितिद्धारा निर्माण गरिको कवि शिरोमणि लेखनाथ पौड्यालको अर्धकट सालिक २०४२ सालमा अनावरण गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!