सरकारको समिक्षा गर्ने समय आएको छ ः मन्त्री बस्नेत

सञ्जय के सी 

जाजरकोट, ११ पुस ः बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले देश समृद्धीको दिशामा अगाडी बढिरहेको बताउनुभयो ।
जाजरकोट सदरमुकाममा तेस्रो जाजरकोट महोत्सव उद्घाटन गदै मन्त्री बस्नेतले सरकारले गरेका कामको समिक्षा गर्ने समय बल्ल हुँन थालेको बताउनुभयो । सरकारले गरेका कामको समिक्षा गर्नलाई पाँच बर्षको समय पर्खिनुपर्ने बताउदै मन्त्री बस्नेतले विद्यालयमा आफुले नपढाउने तर, सरकारले केहीपनि गरेन भनेर कुरा सिक्ने अधिकार शिक्षकसंग नभएको बताउनुभयो ।हामी आफ्नो पेशामा ईमान्दार बनौँ , त्यो यतिबेलाको आवश्यकता हो उहाँले भन्नुभयो । आफु काममा लगनशिल नहुँने तर अर्काको विषयमा टिप्पणी गर्नेको संख्य बढी भएको उहाँको तर्क छ ।
जिल्लाको विकास र समृद्धी भएन भनेर गर्ने जमात नै दिनभर तास र क्यारेमबोर्ड खेलेर समय खेर फालिरहेको बताउदै उहाँले आफु सुधिनुपर्नेमा जोड दिनुभयो । जाजरकोट जिल्ला विकासको मुल प्रवाहमा आईसकेको बताउदै वन तथा वातावरण मन्त्री बस्नेतले भन्नुभयो, ‘भारत र चीन जस्ता दुई ठुला देशलाई जोड्ने पारवान राजमार्गलाई हामीले हाम्रो जिल्लालाई जोडेका छौं, पुर्व पश्चिमलाई जोड्ने मध्य पहाडी लोकमार्गलाई जाजरकोट जिल्लामा जोडेर काम अगाडी बढिरहेको छ, लुम्विनी देखि मुगुको रारासम्म जोड्ने राजमार्गलाई जाजरकोट जिल्लासंग जोडेर अगाडी बढ्ने भएको छ, जिल्ला सदरमुकाम मात्र नभएर जिल्लाका सवै गाउँ तथा नगरपालिकालाई विद्युतिकरण गर्ने योजनामा हामीले यसैबर्ष २८ करोड बजेट विनियोजन गरेर काम सुरु भईसकेको छ ।’
गरिवी र करुपताको ब्यानर राखेर कर्णालीको बदनाम गर्ने काम भई रहेको बताउदै यहाँले कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको परिचय बदलिने गरि प्रदेश सरकार लागि परेको बताउनुभयो । बहुमुल्य जडिवुटी र अर्गानिक कृषि उपजको हव कर्णाली प्रदेश पर्यटनको प्रचुर सम्भावना बोकेको मुख्य मन्त्री शाहीले ठोकुवा गरे । कर्णाली प्रदेश सरकारले पर्यटन विकासमा जोड दिएको वताउदै मुख्यमन्त्री शाहीले मुगुको रारा तालमा पुगेर फोटा खिचेर फेसबुकमा पोष्ट गरेपछि मात्र सार्थक जीवनको अर्थ लाग्ने बताउनुभयो ।

जाजरकोट खानी र पानीको मात्र केन्द्र नभएर बहुमल्य जडिवुटीको हर्व हो ः सांसद पहाडी
आर्थिक सामाजिक रुपान्तरणका लागि देशमा व्यवस्था बदलिएको पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले बताउनुभयो । जनताले महसुस गर्ने गरी नतिना निस्किने समय आएको उहाँको भनाई छ ।
किसानहरुको हितमा करोडौको हिसावले नमुना सहकारी, फर्म, पकेट क्षेत्र, व्लक, जोनलाई अनुदान प्रदान गर्ने कार्यक्रम सरहेको बताउनुभयो ।
जाजरकोट जिल्ला खानी र पानीको मात्र केन्द्र नभएर बहुमल्य जडिवुटीको हर्व भएको बताउदै प्रतिनीधि सभा सदस्य तथा सांसद सत्य पहाडीले जनताको अवस्था परिवर्तन गर्न आफु लागि पर्ने बताउनुभयो । जनताको अबस्था परिवर्तन गर्नका लागि सवैको साँझा संकल्पको आबश्यकता भएको बताउदै साँसद पहाडीले जिल्लाको औद्योगिक विकासमा जोड दिन लगानीकर्ता प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
कृषि उत्पादन, ब्यवसायिकरण, कला संस्कृति, वातावरण संरक्षण र पर्यटन प्रबद्र्धन हाम्रो अभियान । आत्मनिर्भर, स्वाभिमानी, स्वच्छ, सुन्दर र समृद्ध जाजरकोटको निर्माण भन्ने नारा सहित शुरु भएको महोत्सव पुस १५ सम्म लाग्नेछ । उद्योग बाणिज्य संघ जाजरकोटको आयोजनामा संचालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । विभिन्न कृषि उत्पादन, लघु उद्यमका स्टल र भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिता समेत संचाललन हुने आयोजकले जनाएको छ ।










