प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा कालिकोटले विजयी सुरुवात

ज्ञानु गौतम रुकुम
चौरजहारीमा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा कालिकोटले विजयी सुरुवात गरेको छ । आज भएको प्रतियोगिताको पहिलो खेलमा डोल्पालाई १ सय ६१ रनले पराजित गर्दै कालिकोटले विजयी यात्रा सुरु गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कालिकोटले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउदै २ सय १ रनको विशाल योगफल खडा गरेको थियो । उसका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । सुर्य बमले ७४ र सुनिल भण्डारीले ५० रन बनाए । डोल्पाका लागि कुन्दनबिक्रम शाह र रुपचन्द्र पुनले एक एक विकेट लिए । २ सय २ रनको विशाल लक्ष पछ्याउने क्रममा डोल्पा ३९ रन बनाउँदा अल आउट भयो । डोल्पाका कुनैपनि ब्याट्स म्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । कालिकोटका सुनिल भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगीताको दोस्रो खेलमा भोली जाजरकोट र सुर्खेत तथा तेस्रो खेलमा सल्यान र कालिकोट भिड्ने छन् । जिल्ला क्रिकेट संघ रुकुमले आयोजना गरेको प्रतियोगीतामा कर्णाली प्रदेशका ७ वटा जिल्लाको सहभागिता रहेको आयोजकले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले हिजोे उद्घाटन गर्नु भएको प्रतियोगीता पुस १७ गतेसम्म चल्ने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!