सन्दर्भमा नेपाली राजनीति

किशोर नेपाल
नेकपा अहिले सरकारमा छ र पटक–पटक नागरिकलाई तर्साउने शैलीमा दोहोर्‍याउँछ– हामी दुईतिहाइभन्दा बढीको समर्थनले बनेको सरकार हौँ

देशका दुवै ठूला पार्टी रुमल्लिएका छन् । कोही समस्यामा फसेका छन्, कोही समस्यामा फसिने पिरमा छन् । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफैँलाई शासन गर्ने विधान बनाउन नसकेर चौबाटोमा अलमलिएको छ । केन्द्रीय नेताहरू, खासगरी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल विरहको मनस्थितिमा देखिन्छन् ।

कसरी चलाउने हो पार्टी रु कसरी भर्ने हो यसको आत्मामा ज्यान रु कसैलाई थाहा छैन । संस्थापक सभापति बिपी कोइरालाले उहिल्यै भन्नुभएको थियो, ‘आपूmले निर्णय लिन नसकेको विषयमा देशको एक मुठी माटो हातमा लिएर सोच्नु, त्यतिवेला चेतनाको संघारमा जे आउँछ, त्यही नै हो निर्णय ।’

तर बिपीको आदर्श वाक्य सम्झेर पार्टी चल्दैन । पार्टी चलाउन सत्ता नै चाहिन्छ । न रामचन्द्र पौडेलले सामाजिक अभियान चलाउन राजनीति गरेका हुन्, न शेरबहादुर देउवाले । नेता पौडेल कुण्ठाका भकारी हुन्, जसमा लोकतान्त्रिक राजनीतिमा समकालीन साथी देउवालाई पछार्न नसकेकोमा ठूलो पीडा छ । कुनैवेला कांग्रेसमा ‘राशश’ समूह बन्न बन्न लागेको थियो ।

राशश अर्थात् रामचन्द्र, शैलजा र शेरबहादुर । शैलजाको निधन भइसकेको अवस्थामा रामचन्द्र नेतृत्वमा स्थापित हुुनुपर्ने हो । समयले उल्टो चक्र चलायो । शेरबहादुरको भाग्य खुल्यो । रामचन्द्रको खुम्चियो । यी दुईको लडाइँमा सारा कांग्रेस पार्टी उदास र उजाड देखिनुपर्ने किन रु यी दुई निष्क्रिय भए भने कांग्रेस पार्टी चल्नै सक्दैन रु यसै पनि, कांग्रेस पार्टी एउटा परिवारको प्रभुत्वमा चलेको आरोप लागेकै छ । त्यो आरोपबाट पार्टीलाई स्वच्छ राख्न नयाँ पुस्ताका नेताहरू सक्रिय हुनुपर्दैन रु

कांग्रेसका कार्यकर्तामा पार्टी बलियो र स्वच्छ भए हामी बलिया हुन्छौँ भन्ने भावना नै गुम्सिएको जस्तो छ । कम्युनिस्टहरू आरोप लगाउँछन्, यत्रो वर्ष शासन गरेर पनि कांग्रेसले केही गरेन । यो सही आरोप हो । के ग¥यो कांग्रेसले रु कांग्रेससँगै यसको टापटिपे उत्तर होला । सही कुरा कोही बोल्दैन ।

०४६ यताको समयलाई हेर्दै जाने हो भने कांग्रेसमा नेता कम र अधिपति ज्यादा भए । यी अधिपतिले नेपालको मुहार फेर्ने कुरा त गरे । तर, त्यसका लागि सिन्को भाँचेनन् । ०४६ को परिवर्तनपछि पहिलो निर्वाचनमा नुवाकोटको आफ्नो निर्वाचन क्षेत्रबाट सानदार ढंगले विजयी हुने कल्पना गरेका थिए, कांग्रेस नेता डा। रामशरण महतले । त्यो क्षेत्रबाट उनीजस्तो पढेगुनेका नेताले चुनाव जितेको भए राम्रो हुन्थ्यो ।

तर, उनी हारे । हारेर पनि योजना आयोग सम्हाले । त्यसपछि सुरु भएको उनको लामो कार्यकाल, उपाध्यक्षदेखि अर्थमन्त्रीसम्म, कसरी बित्यो रु जसलाई नेपाली किसान र मजदुरले सम्झिनुपरोस् । मानिसले उनीजस्ता देश विदेशको अनुभव सँगालेका नेतामाथि नै भरोसा राखेका हुन्छन् । यस्ता विषयमा अर्जुननरसिंह केसीबाट कसैको अपेक्षा नै हुँदैन । डा। महतप्रतिको त्यो भरोसा त टुट्यो । यो एउटा प्रभावकारी उदाहरण हो ।

कांग्रेसको बुलबुले तालमा धेरै तरंग उठे विगत २५ वर्षको समयमा । त्यसको लेखाजोखा कसैले पक्कै राखेको होला । सत्य भन्नुपर्दा कांग्रेसले विगत २५ वर्ष आन्तरिक कलहमै बितायो । सर्वमान्य नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई आत्मनिर्वासनमा पठाएपछि पनि कांग्रेसमा गनगन जारी रह्यो ।

देशमा हत्या र हिंसाको राजनीति चम्किँदा शान्तिका लागि बन्दुकको सहयोग खोज्यो कांग्रेसले । तर, खिया परेको इन्सास बन्दुक पड्किएन । राजाको प्रत्यक्ष शासनको रापमा पिल्सिन थालेका थिए नेपाली जनता ।

कांग्रेस सभापति गिरिजा कोइरालाको नेतृत्वमा एकत्रित भएका राजनीतिक दलका नेताहरूले राजाको ताण्डवमय शासनको विरोध गरे । राजतन्त्र ढल्यो । जनताका दलसँग काँधमा काँध मिलाएर हिँड्ने भए माओवादी । गणतन्त्र, लोकतन्त्र र राजनीतिको संघीय स्वरूपपछि यहाँसम्म आइपुग्दा पनि कांग्रेसले अनुकूल विधान पाएन । महासमितिले पनि विधानमा निकै टाउको दुखायो । संशोधित विधान आएन भने भन्नुपर्‍यो, कांग्रेसलाई विधान चाहिएकै थिएन, बखेडा चाहिएको थियो । त्यो मिल्यो, सकियो ।

यो कांग्रेसको कथा हो । यसैको आलोकमा दुई समकालीन पार्टी एमाले र माओवादीलाई हेर्नुपर्छ । गणतन्त्र स्थापनापछि भएको पहिलो चुनावमा कांग्रेस र एमालेसँगै थिए । त्यतिखेर सबैको मुखमा ती दुई पार्टीले जित्ने चर्चा थियो । एक्कादुक्का मानिसले मात्रै त्यो कुरा पत्याएका थिएनन् । नपत्याएकै कुरा भयो ।

माओवादी संसद्मा सबभन्दा ठूलो पार्टी बन्यो । पछिल्लो चुनावमा तीनमध्ये सबैभन्दा सानो बन्यो । माओवादीले नेपालको राजकाज चलाउन जानेन । नेपालमा पार्टी सामूहिक छन्, नेता व्यक्तिगत । कांग्रेस सामूहिक हिसाबले सुगठित पार्टी हो । तर, मतलब यो संरचनाको छैन । व्यक्तिगत हिसाबले नेताको उपस्थिति खोजिन्छ त्यहाँ । कांग्रेस सभापतिको चुनावमा शेरबहादुर र रामचन्द्र लडेको भए भैहाल्थ्यो । कृष्णप्रसाद सिटौला किन लड्नुपरेको थियो रु

शेरबहादुरको महामन्त्रीमा चुनाव लडेका अर्जुननरसिंह अहिले किन खनिनुपरेको हो शेरबहादुरमाथि नै रु सबै पार्टीमा यस्तै हो । माओवादी पार्टीमा प्रचण्डजी मात्रै नेता भएर पुगेन । पार्टीमा आफ्नो जोर नचल्ने देखेपछि बाबुराम भट्टराई पार्टी छाडेरै निस्किनुभयो । अब नारायणकाजी छन्, वर्षमान र जनार्दन छन्, अग्निजी छन् र छन् गजुरेलजी पनि ।

यसैबीच, एमाले र माओवादीबीच विलय भयो र नेपाल कम्युनिस्ट पार्टी बन्यो । यो पार्टी अहिले सरकारमा छ र पटक–पटक नागरिकलाई तर्साउने शैलीमा दोहो¥याउँछ– हामी दुईतिहाइभन्दा बढीको समर्थनले बनेका सरकार हौँ । सामान्य मानिसका लागि यो सरकार दुईतिहाइको होस्, सामान्य बहुमतको होस् वा अल्पमतको, के नै फरक पर्छ रु नेकपाका नेताहरू संवेदनशील भएका छन् । चीनदेखि भारतसम्म, त्यत्रो पापड बेलेर बल्लतल्ल बनेको पार्टीमा कलह होला र विग्रह आउला भनेर सावधान छन् कार्यकर्ता । सरकार चलेको छ । नेपालीस्तरमा त चलेको होइन, दौडिएको छ । देश चल्नु–नचल्नु ठूलो कुरा भएन । सरकार चलेको छ । यही नै पर्याप्त छ ।

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस आफैँलाई शासन गर्ने विधान बनाउन नसकेर चौबाटोमा अलमलिएको छ । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल विरहको मनस्थितिमा देखिन्छन् । कसरी चलाउने हो पार्टी रु

जतिवेला देश हिंसात्मक आन्दोलनमा लपेटिएको थियो, त्यतिवेला धेरै कांग्रेसीले प्राण गुमाएका थिए । यो कुरा नबुझी स्वर्गवासी गिरिजाप्रसादले माओवादीलाई राजनीतिको मूलधारमा भिœयाए । संसद्मा बोलाए । मन्त्री बनाए । तर, अधिकांश कांग्रेसीको भनाइ रह्यो, माओवादी सुध्रिएन ।

समय बित्दै गयो । सुशील प्रधानमन्त्री भए । केपी प्रधानमन्त्री भए । प्रचण्ड प्रधानमन्त्री भए । अनि आए शेरबहादुर देउवा । उनको प्रस्ताव थियो, माओवादीसँग मिलेर चुनाव लडौँ । कांग्रेसीहरू पहिले उत्साहित भए, पछि हच्किए । आखिर त्यो चुनावी मेलमिलाप चलखेल बन्यो । धेरैजसो कांग्रेस समर्थक मतदाताले एमालेको सूर्यमा भोट हाले । अहिले एमाले र माओवादी मिलेर पार्टी बनाएका छन् ।

एमाले कांग्रेसका साथी त रहेनन् । राजनीति भनेको यस्तै खेलकुद भएको छ नेपालमा । विवाद फैलाउन एउटै पार्टी काफी छ यो देशमा । सानो पार्टी नेपाल परिवार दल हालै विलीन भएको ठूलो पार्टी एमालेद्वारा संयोजित पार्टी रहेछ । उसैको पहलमा प्रधानमन्त्रीको हत्केलाको चिलाइ मेटियो, एक करोड रुपियाँको पुरस्कार थापेर ।

जेसुकै भए पनि देश बनाउने एजेन्डा मुख्य हो र सबै राजनीतिक पार्टीको हो । यो एउटा एजेन्डामा पार्टीहरूबीच समझदारी कायम नभएसम्म देश विकास सम्भव नै छैन । समझदारी किनभने ‘सबै मिलेर देश बनाउने’ नारा पुरानो हो ।

सबै मिल्न सकेको भए देश बनिसक्थ्यो । सबै मिल्न नसक्ने अहिलेको विद्रुप राजनीतिक परिवेशमा दलहरूबीच देशबारे सामान्य समझदारी हुन सक्ला । यत्ति हो । योभन्दा बढी आशा गर्नु मूर्खता हुनेछ अहिलेको समयमा । यो साना तथा अविकसित देशको समय होइन । यो आर्थिक शक्तिका रूपमा रहेका राष्ट्रको व्यापार व्यवसाय विस्तारको युग हो ।

यतिवेला चीनबाट रेल आउने आशामा बसेका छौँ हामी । यति नै वेला राष्ट्रिय गौरवको ठानिएको मेलम्ची आयोजना धराशयी भएको छ । अरू धेरै उद्योग व्यवसाय छन्, जसको पुनरुत्थान महँगो पर्छ । सडकका खाल्डाखुल्डीको कुरा छाडौँ । कमसेकम सडक त छ ।

रेल, पानीजहाज वा हवाईजहाजभन्दा पनि नेपालीलाई चाहिएको आधारभूत कुरा देशभित्रै कमाएर खान सक्ने अवस्थाको सिर्जना हो । अहिलेसम्मका सरकारले यो अवस्था सिर्जना गर्न सकेनन् । यो सरकार वा यसपछि बन्ने सरकारले पनि यो अवस्था सिर्जना गर्न सक्लान् ? कसैले केही भन्न सक्दैन । यो अवस्थामा राजनीतिक दलभित्र असहज अवस्था उत्पन्न भई नै रहन्छ । आज कांग्रेसभित्र छ, भोलि नेकपाभित्र देखिनेछ ।





error: Content is protected !!