पूर्वराजाको ‘दिल’ छ पोखरामा‘

काठमाडौं। दुई साता लामो पोखरा भ्रमणका लागि निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह नागरिकसँग संवादमा सहभागी भएका छन् । उनले राजसंस्था, हिन्दुत्व र राजनीतिक उतारचढावबारे पोखराका सर्वसाधारणले सुनाएको गुनासो सुने । उनी मुस्कुराए, देश जोगाउने विषयमा गम्भिर रहेको विषयमा शालिन आश्वासन दिए ।

आश्वासन सुनेका सर्वसाधारण मख्ख थिए । नागरिक संवादका क्रममा त एक जना सर्वसाधारणले भनिदिए– राजाको दिल छ पोखरामा‘।
पत्नी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहका साथ उनी पोखराका विभिन्न स्थानको भ्रमणमा छन् । धार्मिक मठ मन्दिर र आस्थाका केन्द्रहरूको भ्रमणमा उनी सक्रिय छन् ।

अक्सर उनका भ्रमणका मुख्य लक्ष्य भनेको मठ र मन्दिरमा अनुुष्ठान र पुजामा व्यस्त रहनु पनि हुने गरेको छ । त्यसबाहेक गणतन्त्रसँग वाक्क भएका जनताको गुनासो सुन्नु । ताकतमा नभए पनि आस्थामा उनीसँग झुक्नेहरूका गुनासाका पोका फुक्दै गर्दा नेपथ्यमा नाराजुलुस लागिरहेको थियो– राजा आऊ, देश बचाऊ १

मन्दिरमा भेटिने व्यक्तिसँग उनले भलाकुसारी गर्नेछन् । आम नागरिकसँग पनि परामर्श गरिरहेका छन् । त्यसैले पोखरामा उनको स्वागत असामान्य, उनीप्रतिको झुकाव पनि असामान्य देखियो ।

‘यत्तिका धेरै जनताको उपस्थिति र नागरिक संवाद हुने हामीले पनि सोचेका थिएनौं, राजसंस्था, राजा र धर्मप्रति जनताको विश्वास देखेर छक्क परेका छौं’, पोखरामा पूर्वराजाको भ्रमण व्यवस्थापनमा सक्रिय रहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘यसकारण उहाँले यहाँका धार्मिक स्थलको भ्रमणमा अझ तिव्रता दिनुभएको छ ।’

पूर्वराजा आगामी शनिबार पोखराको चर्चित मन्दिर बिन्ध्यबासिनीमा पूजाअर्चनाको तयारीमा छन् । बस्नेत थप्छन्,‘त्यसका लागि हामीले पूर्वतयारी गरिसकेका छौं । सुरक्षालगायतका विषयमा शिव सेना नेपाल नै सत्रिय छ । स्थानीय प्रशासनले पनि व्यवस्थापन गरिरहेको छ ।’




सम्बन्धित समाचार


error: Content is protected !!