पत्नी बलात्कार गरेको आरोपमा पति पक्राउ

रौतहट, रौतहटको चन्द्रनिगाहपुरमा पत्नी बलात्कारको आरोपमा पति पक्राउ परेका छन्। जिल्लाको चन्द्रपुर नगरपालिका ५ निवासी एक महिलाले आफ्नै पति बिरुद्धमा बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएपछि पति गत पुस १ गते पक्राउ परेका हुन्। ३३ वर्षीया महिलाले पतिबिरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता गराएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक युवराज खडकाले जानकारी दिए। पतिले आफ्नो इच्छा विपरित गएको मंसिर २८ गते राती जवरजस्ती करणी गरेको आरोप लगाउदै ती महिलाले इलाका प्हरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। उनीहरुको विवाह २०६१ सालमा भएको दुइ उनीहरुको ६ र १३ वर्षका दुइजना छोराहरु छन्। पतिले मादकपदार्थ सेवनगरी कुटपिट गरी आफूलाई जवरजस्ती करणी गर्ने गरेको आफु बाध्य भएर कानुनी बाटो खोज्नु परेको महिलाको भनाइ रहेको छ। आरोपित पुरुषलाई पक्राउ गरी जिल्ला अदालतबाट १५ दिनको म्याद थपगरी अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए। बैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाइ जवर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ।










