डिएनएबारे जानकारी

डिएनए अर्थात् डेक्सिबेरोन्युक्लिक एसिडले जैविक जानकारी भण्डारण गर्छ, जुन एक पुस्ताबाट अर्कोमा सर्दछ ।
डिएनएमा भएका सूचना बोक्ने अणुले मानिसको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्दछ ।
संसारका जति पनि मानिस छन्, उनीहरूको डिएनएमा ९९।९ प्रतिशत समानता हुन्छ ।
प्रत्येक मानिसमा ०।९ प्रतिशत डिएनएको संरचना मात्र फरक हुन्छ । जसबाट कुन मानिस हो भनेर पत्ता लगाउन सकिन्छ ।
सन् १८७९ मा स्विस चिकित्सक फेडरिक मिसचेरले डिएनए पत्ता लगाएका थिए । पछि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरियो ।
मानव शरीरका प्रत्येक कोषिकामा डिएनए हुन्छ । कोषिकाभित्र खुम्चिएर यो ०।९ माइक्रोमिटरको लम्बाइमा अटेको हुन्छ ।
डिएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी रहेको हुन्छ, जो परीक्षण गर्दा पत्ता लाग्छ ।










