नेकपा असन्तुष्टि सम्बोधन भयो चार नेताको माग

काठमाडौँ। गएको २२ गते सत्तारुढ नेपाल कम्युनष्टि पार्टी ९नेकपा०को सचिवालय बैठक समयमा नबसेको भन्दै चार नेताले ‘वहिष्कार’ गरे । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक समयमा सुरु नभएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘वहिष्कार’ गरेका थिए ।

बैठक बहिष्कारपछि नेताहरुले अबका बैठक समयमा बस्नुपर्ने, प्रधानमन्त्री निवासमा नभएर पार्टी कार्यालयमा बस्नुपर्ने लगायतका माग राखेका थिए । यसमध्ये उनीहरुको एउटा माग चाहिँ पूरा भएको छ । भोली शनिबार तय भएको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै बस्ने भएको छ ।

केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले स्थायी समितिको बैठक शनिबार दिउँसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए । बैठक समयमा सुरु हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

यसअघि पार्टीका सबै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएका थिए । स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक समेत बालुवाटारमा नै हुँदै आएको थियो । असन्तुष्ट नेताहरुको मागको सुनवाई गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी केन्द्रीय कार्यालयमा नै बैठक आयोजना गरेको बताइएको छ ।

यद्यपी, शनिबार बस्ने बैठकका एजेण्डा भने तय गरिएको छैन । स्थायी समिति सदस्यहरुलाई एजेण्डाका विषयमा कुनै जानकारी दिइएको छैन । बैठकको पूर्वसन्ध्यामा बिहीबार साँझ नेपाल निवास कोटेश्वरमा केही स्थायी समिति सदस्यहरुको भेला भएको थियो । भेलामा उनीहरुले नेपालसँग बैठकका एजेण्डाका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा नेता नेपालले आफूलाई एजेण्डाका विषयमा जानकारी नगराएको तथा नेतृत्वले कुनै समन्वय नगरेको बताए ।

असन्तुष्ट नेताहरुले पार्टी तथा सरकार सञ्चालनका विषयमा स्थायी समितिमा विशेष रुपले कुरा उठाउने तयारी गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!