डोजरले पाइप काटिएपछि खानेपानी समस्या

जुम्ला,
डोजरले खानेपानीका पाइप काटेपछि तिला गाउँपालिका–८ पुरुमा खानेपानीको समस्या भएको छ ।
स्थानीय बासिन्दाले तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीलाई भेटेर समस्या समाधान गर्न माग गरेका छन् । पुरुमा एक सय १९ परिवार बस्दै आएका छन् । ‘डोजरले जथाभावी पाइप काटेको छ, धारामा पानी आउन छोडेको छ,’ स्थानीय मानबहादुर रावतले बताए ।

स्थानीय बासिन्दासँगै विद्यालयमा पनि खानेपानीको अभाव भएको छ । विद्यालयमा जाने पाइप पनि डोजरले काटेको रावतले बताए ।

गाउँपालिका अध्यक्ष योगीले सडक खन्ने ठेकेदारलाई नै बनाउन लगाउने बताएका छन् । ‘सडक खन्ने ठेकेदारले नै व्यवस्थापन गर्नुपर्ने हो, उनलाई नै गर्न लगाउँछौँ,’ अध्यक्ष योगीले भने । ठेकेदारले नबनाए गाउँपालिकाले व्यवस्था गर्ने उनको भनाइ छ ।





error: Content is protected !!