बालअधिकारका लागि जाजरकोटमा जिल्ला स्तरीय नागरिक सञ्जाल गठन

जाजरकोट जिल्लामा बुधवार बालअधिकारका लागि जिल्ला स्तरिय नागरिक सञ्जाल गठन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटद्धारा संचालित एकिकृत परियोजना अन्तरर्गत बाल अधिकार कार्यक्रमको पहलमा जिल्ला स्तरीय नागरिक सञ्जाल गठन गरिएको हो ।
जिल्ला सदरमुकाम खलंगामा गठन गरिएको ९ सदस्य बालअधिकारका लागि जिल्ला स्तरिय नागरिक सञ्जालको अध्यक्षमा रेखा शाह रहेकी छन् । शाह पाँचतारा युवा संरक्षक मञ्चको सदस्य तथा त्रिभुवन माध्यामिक विद्यालयकी शिक्षिका हुन् । उक्त नागरिक सञ्जालमा नेपाल पत्रकार महासंघका तर्फवाट दीपबहादुर घर्ती, नेपाल वारएसोसेसनका तर्फवाट भीमबहादुर सिंह, नेपाल मानव अधिकार संगठनका तर्फवाट रमेश सिंह, यार्सन, जाजरकोटका तर्फवाट सहदेव बस्नेत, असल शासन क्लवका तर्फवाट बालकुमार शर्मा, एनजिओ फेडेरेसनका तर्फवाट बीरबहादुर बस्नेत सदस्य रहेका छन् भने, जिल्ला स्तरीय महिला सञ्जाल र बाल सञ्जालका तर्फवाट गरि दुई सदस्य पछि थप्ने निर्णय भएको एकीकृत परियोजना संयोजक मनोज सुनुवारल जानकारी दिए ।
बुधवार सम्पन्न गोष्ठीले जिल्ला स्तरीय नागरिक सञ्जाल गठन गर्नुको साथै सञ्जालको टिओआर निर्माण ३ सदस्य उपसमिति गठन गरेको छ । टिओआर निर्माण उपसमितिको संयोजकमा आशा कार्की रहेकि छन् भने, सदस्यमा सहदेव बस्नेत र बालकुमार शर्मा रहेका छन् ।
जिल्ला स्तरमा पहिलोपटन गठन गरिएको बालअधिकारका लागि जिल्ला स्तरीय नागरिक सञ्जालले बालअधिकार संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने एकीकृत परियोजना अन्तरगत बालअधिकार कार्यक्रम अधिकृत अन्जु भट्टराईको भनाई रहेको थियो । नेपाल सरकारद्धारा जारी बालअधिकार सम्बन्धिको ऐन २०७५ ले व्यवस्था गरेका कानुनी प्रावधानहरुको संरक्षण गर्न सञ्जालको महत्वपूर्ण भुमिका रहनेछ अधिकृत भट्टराईले भनिन्–‘नेपाल सरकारद्धारा जारी गरिएको बालअधिकार सम्बन्धिको ऐन २०७५लाई अझ बढी बालमैत्री बनाउनमा पनि यो सञ्जालले महत्वपूर्ण भुमिका खेल्ने छ ।’
बालअधिकारका लागि जिल्ला स्तरीय नागरिक सञ्जालवाट कर्णाली प्रदेश स्तरीय समितिको गठन तथा कार्यक्रमा सक्रिय सहभागिता जनाउने पनि आजको गोष्ठीले निर्णय गरेको जनाईएको छ ।








