सामुदायिक वन समुहका अध्यक्षलाई किन्न खोज्ने ब्यापारीका नाममा वन मुद्धा

जाजरकोट :बारेकोट गाउँपालिका–४ स्थित ढोटाचौर सामुदायिक वन समुहका अध्यक्षलाई किन्न खोज्ने ब्यापारीहरुका नाममा सुक्रवार दर्ताको किटानी वन मुद्धा टेवुल गरिएको छ । सामुदायिक वन समुहका अध्यक्ष वीरबहादुर शाहीको किटानी जाहेरीले भिडिजन वन कार्यालय, जाजरकोटमा ब्यापारीका नाममा दर्तागर्न वन मुद्धा टेवुल गरिएको हो । डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख मन्जुर अहमत कार्यालय कामले काठमाडौंमा रहेकाले जिल्लामा फर्किन वित्तिकै ब्यापारीको नाममा किटानी वन मुद्धामा तोक लगाएर दर्ता गरिने वताएका छन् ।

भिडिजन वन कार्यालय, जाजरकोटमा दर्ताको लागि टेवुल गरिएको किटानी वन मुद्धामा बबिता जडीवुटी स्टोर्स देवालगाउँका प्रोपराईटर जुम्ला गुठीचौर गाउँपालिका–५ कुम्रीका भीमबहादुर भण्डारी, निर्मल जनरल स्टोर्स एण्ड सप्लायर्सका प्रोपराईटर जुम्ला गुठीचौर गाउँपालिका–१ का निर्मल ऐडी, सुष्मा एण्ड सुसल जडीवुटी स्टोर्सका प्रोपराईटर जुम्ला गुठीचौर गाउँपालिका–५ का सुर्यबहादुर शाही, जुम्ला गुठीचौर गाउँपालिका–१ का जनक थकाली, जुम्ला गुठीचौर गाउँपालिका–२ का गोपाल बोहरा, जुम्ला पातारासी गाउँपालिका–३ का जंगवीर बोहरा, जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्गकोटका टंक गिरी र जुम्ला तातोपानी गाउँपालिका–७ डुग्रीका लालबहादुर शाही गरि ८ जना ब्यापारीको नाम रहेको छ ।

सामुदायिक वन समुहका अध्यक्ष शाहीको जाहिरीले डिभिजन वन कार्यालयमा ब्यापारीका नाममा दर्ताको लागि टेवुल गरिएको वन मुद्धामा ढोटाचौर सामुदायिक वन समुह अन्तरगत पर्ने दियावाल्ना, लामाडाँडा, गडुल्ने, बार्या, सद्वन, सुपाकुना, निलपहर लगाएतका वन क्षेत्रमा सामुदायिक बन समिति र डिभिजन वन कार्यालयको अनुमति वीना गत असोज २१ गतदेखि यहि मंसिर १० गतेसम्म ५० हजार क्वीन्टल भन्दा बढी सेतोचिनी (खिराङ्लो) संकलन गरि जुम्ला जिल्लामा चोरी निकासी गरिएको उल्लेख गरिएको छ । उक्त मुद्धामा सेतोचिनी पकाउनलाई दाउरा प्रयोग गर्ने नाममा ढोटाचौर सामुदायिक वन क्षेत्रमा रहेको भोजपत्र, चिमालो, ठिकुरे सल्ला, कैंयसी, डिग्रे धुपी, रईस प्रजातिका गरि ५ हजार भन्दा बढी रुख विरुवा र हजारौं निगालोको विरुवा फडानी गरिएको उल्लेख गरिएको छ । सामुदायिक वन समितिका पदाधिकारी तथा सदस्य लगाएतको टोलीले जंगलमा भईरहेको वन फडानी र जडीवुटीको चोरी निकासी नियन्त्रण गर्न खोज्दा विपक्षी व्यापारीले उल्टै तिम्रो केही अधिकार छैन, भनि डर, त्रास देखाई जवरजस्ती रुपमा वन फडानी गर्नुको साथै जडीवुटी चोरी निकासीको कसुर कार्य गरिएको मुद्धामा उल्लेख छ ।

गत भदौमा जडीवुटी व्यापारी भीमबहादुर भण्डारीले आफुलाई २० लाख रुपैया खाएर सामुदायिक वनवाट साईट लाग्न अनुरोध गरेको ढोटाचौर सामुदायिक वन समुहका अध्यक्ष बीरबहादुर शाहीले वताएका छन् । हाल भण्डारीले डिभिजन वन कार्यालयका कर्मचारी र जाजरकोटका सबैलाई किनिसकेको वताउदै आफुलाई केही गर्न नसक्ने भनि धम्कि दिने गरेको अध्यक्ष शाहीको भनाई रहेको छ ।

ढोटाचौर सामुदायिक वनमा जस्तै बारेकोट गाउँपालिका–३ स्थित संकदह सामुदायिक वन समुहका विभिन्न वन क्षेत्रमा सेतोचिनीको खोजी तथा चोरी निकासी भएको छ । बारेकोट गाउँपालिका अन्तरगत पर्ने दांगे, बुराउसे, कराईचुला, कालाडाँडा, रोल्पा, खम्बु, चाखुरे, सेतापानी, कालीमुरी, कोटे, खेताली, काललरी लगाएका राष्ट्रिय वन क्षेत्रवाट झण्डै एक लाख ५० हजार क्वीन्टल भन्दा बढी सेतोचिनीको खोजी तथा चोरी निकासी भएको स्थानीयको भनाई रहेको छ । त्यसैगरि कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाडाँ, व्याउलीढुङ्गा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिका सिउनको प्यारी, रुप, मुट्केचुला, मंसिरी ध्यारगाउँ, बाँन्नीगाउँ लगाएतका जंगलमा पाईने बहुँमुल्य सेतोचिनीको चोरी निकारी भएको छ ।

डिभिजन वन कार्यालयसंग वन विभागवाट स्वीकृती पन्चबर्षीय (वन पैदावार, संकलन, वन संरक्षण, पूर्वाधार विकास सम्बन्धि) कार्ययोजना हुनुपर्ने वन ऐन–२०४९ र वन निमावली–२०५१ ले व्यबस्था गरेको छ । जाजरकोट डिभिजन वन कार्यालयको उक्त कार्ययोजनाको समय सकिएको गतबर्ष नै हो । यसबर्ष देखि आगामी पाँच बर्षसम्मका लागि डिभिजन वन कार्यालयले बनाएको पन्चबर्षीय (वन पैदावार, संकलन, वन संरक्षण, पूर्वाधार विकास सम्बन्धि) कार्ययोजना वन बिभागवाट हालसम्म स्वीकृती हुन सकिरहेको छैन् । जाजरकोट डिभिजन वन कार्यालयले स्वीकृतीका लागि विभागमा पेश गरेको पन्चबर्षीय कार्ययोजनामा प्रारम्भिक बाताबरणिय परिक्षण (आईइ), वातावरणिय प्रभाव मुल्याड्डण (ईआए) रिर्पोटहरु नमिलेका कारण हालसम्म स्वीकृत हुन नसकेको वन विभागको कार्ययोजना फाँटका प्रमुख प्रकाश अर्यालले जानकारी दिएका छन् । उक्त पञ्चबर्षीय कार्ययोजना निर्माण कार्यका लागि डिभिजन वनकार्यालयसंग सम्झौता गरेको एक्सन एण्ड ईनोभेसन फर ईन्जिनेरिङ्ग सोलुसन प्रा.ली., शान्ती नगर काठमाडौं’लाई डिभिजन वन कार्यालयले १२ लाख २६ हजार भुक्तानी गरिसकेको छ ।

एकै जातको जडीवुटी ५० हजार किलो निकासी गर्नु परेमा अनिवार्य प्रारम्भिक बाताबरणिय परिक्षण (आईइ) गर्नुपर्ने र ५० हजार किलो भन्दा बढी एकै जातको जडीवुटी निकासी गर्नुपरेमा अनिवार्य वातावरणिय प्रभाव मुल्याड्डण (ईआए) गर्नु पर्ने वातावरण संरक्षण ऐन–२०५४ र वातावरण संरक्षण निमावली–२०५४ ले ब्यबस्था गरेको छ ।

बहुमुल्य सेतोचिनी संकलन तथा छुटपुर्जीका एक सय ५० जना ब्यापारीले डिभिजन वन कार्यालयमा निवेदन पेश गरेका छन् तर, वन बिभागका डिजीवाट स्वीकृत पञ्चबर्षीय कार्ययोजना बीना डिभिजन वन कार्यालयले उक्त निवेदन उपर कुनै सुनुवाई गर्न नमिल्ने वताएको छ ।

सेतोचिनी ६ किलो बराबर सुकाएपछि एक किलो हुने वताईएको छ । जंगलमै संकलन गर्ने स्थानीयवाट आलो ३० रुपैया प्रति किलो खरिद गरेका ब्यापारीहरुले हाल जुम्ला र नेपालगञ्जमा ६० हजार प्रति क्वीन्टल ब्यापार गरिरहेको बुझिएको छ । गतबर्ष नेपालगञ्जमा प्रति क्वीन्टल ३० हजारवाट ब्यापार सुरु गरेका व्यापारीले अन्तिममा प्रति क्वीन्टल ८० हजारसम्मको मुल्य हालेका बुझिएको छ ।





error: Content is protected !!