सल्यानको दुर्गममा गाउँमै नागरिकता

सल्यान, जिल्ला प्रशासन कार्यालय सल्यानले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ। नागरिकता लिन दुई दिन लगाएर नेपालगञ्ज हुँदै प्रशासन पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै कालिमाटी गाउँपालिका ७ काप्रेचौर पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो। घुम्ती शिविरबाट १३५ जनाले नागरिकता पाएका छन्। दुई दिनसम्म चलेको शिविरमा ६३ पुरुष र ७२ महिलाले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकाले बताए। ुजिल्लाकै निकै विकट र पैदल हिँडेर प्रशासन कार्यालयसम्म आउन तीन दिन लाग्ने स्थानमा शिविर सञ्चालन गर्यौँु, उनले भने। कालिमाटी गाउँपालिका ७ काप्रेचौरमा प्रशासनकाले पहिलो पटक शिविर सञ्चालन गरेको हो। रकम तथा सवारी साधन अभावका कारण सदरमुकाम जान नपाएका समुदाय बढी घरदैलोमै नागरिकता पाएपछि खुशी भएका छन्। शिविरमा जिल्ला निर्वाचन कार्यालय नामावली संकलन तथा अद्यावतिक गरेको छ। शिविरमा १०३ पुरुष र ९७ महिला गरी २०० जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।थााहा साभार








