एक कल फोन गर्न १० रुपैयाँ तिर्नुपर्ने बाध्यता

सुकमाया थापा

डोल्पा,डोल्पाको फोक्सुण्डो ताल हेर्न गएका जाजरकोट नलगाड नगरपालिका ८ का हरिबहादुर खत्रीले आफू फोक्सुण्डो ताल पुगेको खबर घरमा गर्नका लागि प्रतिमिनेट १० तिर्नुपर्‍यो।
उनको पकेटमा भएको नमस्तको फोन र स्काईको फोनले काम नगरेपछि उनी हिमालय होटलमा राखिएको सिडिएमए फोनमा प्रति मिनेट १० तिरेर फोन गर्न वाध्य भएको बताइन्। उनी जस्तै भेरीखवर डट कममा काम गर्ने पत्रकार सुकमाया थापाले समाचार टिपाउन त्यही सिडिएमए फोनको सहारा लिनु परेको थियो। प्रति मिनेट १० तिरेर उनले छोटकरीमा समाचार टिपाए पनि १०० रुपैया तिर्नुपरेको उनको भनाई छ। माथिल्लो डोल्पामा पर्ने फोक्सुण्डो ताल भएको क्षेत्र अत्यन्तै विकट ठाउँमा छ। फोनको सहज पहुँच छैन्। गाउँभरीका स्थानीयहरु फोन गर्नका लागि लाईन लागेर बस्ने गरेको स्थानीय रिङ्गजिङ्ग गुरुङले बताए। गाउँभरी अन्यत्र फोन छैन, फोन गर्नका लागि हिमालय होटलकै सिडिएमकै भर पर्नु वाध्यता भएको उनको भनाई छ।

अत्यन्तै चिसो मौसम र विकट वस्तीमा तोकिएको समयमा फोन गर्न नपाउँदा निकै समस्य भएको उनको भनाई छ। यहाँ जाँने पर्यटक देखि स्थानीयले एउटा सिडिएमएको भरमा गाउँ नै फोन सम्पर्क गर्न वाध्य भएका छन्। घाम लागेपछि मात्र फोन गर्न मिल्ने तर घाम अस्ताएपछि फोन बन्द हुने गर्दछ। दैनिक फोक्सुण्डो ताल हेर्न जाँने दर्जनौ स्थानीयहरु आफन्त संग सम्पर्क , महत्वपुर्ण सुचना आदानप्रदान प्रति कल १० तिरेर सम्पर्क गर्न वाध्य हुनुपरेको छ ।





error: Content is protected !!