श्रीमतीको नाम राखेर नागरिकता

बाँके,पहिले पहिले पुराना नागरिकतामा बुबाको मात्रै नाम लेखिन्थ्यो। नयाँ नागरिकतामा आमा र श्रीमतीको नाम थप्न सकिने व्यवस्था गरियो। पछिल्लो समयमा आमाको नाम राखेर नागरिकता बनाउने धेरै छन्। नेपाल समाचारपत्र दैनिक लेख्छ, नेपालगञ्जका एक कानुन व्यवसायीले भने आमा र श्रीमतीको नाम राखेर नागरिकता लिएका छन्। कानुन व्यवसायी विश्वजित तिवारीले महिला हिंसा न्यूनीकरणको सचेतना फैलाउन नागरिकतामामा आमा र श्रीमतीको नाम थपेका हुन्। ‘यसले महिला र पुरुषको अधिकारमा पहुँच देखाउँछ’, तिवारीले भने। सूचना अभियन्तासमेत रहेका अधिवक्ता तिवारीले सबैले आफ्नो नागरिकतामा नागरिकतामा बुबा आमा र श्रीमतीको नाम उल्लेख गर्दा समान अधिकार झल्किने बताए। आमा र श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिने तिवारी जिल्लामै पहिलो भएको प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिए। थाहाबाट साभार








