कालिकोटकोे लुसामा पहिलोपटक पटक गाडी पुग्यो

कालिकोट,जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गाडी पुगेको छ । स्थानीय सरकार बनेको डेढ वर्षमा जनप्रतिनीधिहरुको सक्रियतामा पहिलो पटक गाडी पुगेको हो ।

स्थानीय सरकार बनेपछि जनप्रतिनीधिहरुले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । दुई करोड ५० लाख बजेटमा कर्णाली करिडोरको रेगिल सेरिज्यूला हुँदै लुसा सम्मको सडक निर्माण गरिएको हो ।

सडक उद्घाटन गर्दै कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले कालिकोटको विकासका लागि सडक निर्माण पहिलो प्राथमिकतामा रहेको बताए । ‘कालिकोटका सबै ठाउँमा अहिले पनि भारी बोकेर जानु पर्ने स्थिति छ ।’ उनले भने,‘सडक नभई व्यापार व्यावसाय पनि बढाउन सक्दैनौं ।’

स्थानीय तहको निर्वाचनपछि सडकलाई पहिलो प्राथमिकता दिएको र अबको तीन वर्षमा गाउँपालिकाका सबै वडाहरुमा गाडी पुर्‍याउने लक्ष्य राखिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘स्थानीय सरकार बनेदेखि नै मैले पहिलो प्राथमिकतामा सडकलाई राखेको छु ।’ उनले भने,‘मेरो कार्यकालमा सबै वडामा गाडीको सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको छु ।’

बिगतका दिनमा सडक नहुँदा कैलाली र चीनसम्म गएर नुन बोक्नुपर्ने बाध्यता रहेको स्थानीयलाई सडक पुगेपछि सहज भएको सान्नी त्रिवेणी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष भरत बिकले बताए ।





error: Content is protected !!