मङ्सिर २० भित्र नगर सभा सम्पन्न हुने सबै आन्दोलन फिर्ता लिन आग्रह प्रमुख पुन

इन्द्र बुढाथोकी 
सल्यान, बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले अबको मंसिर २० गते भित्र नै नगर सभा सम्पन्न हुने र सम्पुर्ण शिक्षक कर्मचारी लगाएत सामाजिक सुरक्षा भता वितरण गरिने बताउनु भएको छ । सम्पुर्ण विवादित विषयमा सहमति भैसकेको र अब नगर सभा बस्ने तयारी भएकोले आन्दोलनरत सम्पुर्ण शिक्षक कर्मचारीहरुलाइ आन्दोलन फिर्ता गरेर आफ्नो काम काजमा फर्कन अनुरोध गर्नु भएको छ । विगतका गल्ती कमजोरी सबैबाट भएको र सबैले लिखित रुपमा नै आत्म आलोचित भैसकेकोले अब सबै विवाद समाधान भएको बताएका छन ।बुधबार देखि नगर कार्यापालिकाको बैठक चलिरहेकोले आजको बैठकले नगर सभाको मिति तए गरि रातदिन काम गरेर भए पनि हामी मंसिर २० भित्र नगर सभा सम्पन्न गरेर सम्पुर्ण कामकाज अगाडि बढाउने बताउनु भएको छ । यता उप प्रमुख मन्जु यरिले भने केही विषयमा सहमति भएको र केहि विषयमा सहमति हुना बाकी रहेकोले अझै नगर सभा बारेमा मिति भन्न नसकिने बताएकी छन ।
नगर प्रमुख र उप प्रमुख सहित वडा अध्यक्षहरुको विवाद हुदा बिगत ६ महिना देखि नगर सभा बस्न नसक्दा शिक्षकहरू आन्दोलित भएका हुन ।








