प्रेस युनियन सल्यानको अध्यक्षमा डिसी

सल्यान, प्रेस यूनियन जिल्ला शाखा सल्यानको अध्यक्षमा पुनः रेशम डिसी निर्वाचित भएका छन्। बिहिबार भएको युनियनको पाँचौ जिल्ला अधिवेशनबाट सर्वसम्मत उनी दोस्रो र्कायकालका लागि निर्वाचित भएका हुन्। डिसीको अध्यक्षतामा नौ सदस्सिय जिल्ला समिति गठन भएको छ। जसको उपाध्यक्षमा राजेश शर्मा र कृष्ण बहादुर वली, सचिव झनक केसी९ जेएन० र कोषाध्यक्षमा सरिता योगी निर्वाचित भएका छन्। निर्वाचित भएपछि प्रतिक्रिया दिदै डिसीले जिल्लाको पत्रकारितालाई अभिवृद्धि गर्न आफु र आफ्नो संगठन लागि पर्ने बताए। प्रेस र प्रेस स्वतन्त्रता माथि आक्रमणको विरोध गर्दै प्रेस र प्रेस स्वतन्त्रताको पक्षमा लडि रहने प्रतिवद्धता जनाएका छन्। थाहा साभार








