काठमाडौं र सुर्खेतमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं,
काठमाडौं र सुर्खेतमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। काठमाडौको पुतलीसडक–मैतीदेवी सडकखण्डमा सोमबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। बा ८२ प ४८७६ नम्बरको स्कुटर पुतलीसडकबाट मैतीदेवीको एकतर्फी सडकमा दुर्घटनामा परेको हो। दुर्घटनामा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ट्रमा सेन्टरमा साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ देउतीस्थानमा सोमबार साँझ ट्रयाक्टरसँग मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षीय वीरबहादुर तोलांगी रहेका छन्। उक्त दुर्घटनामा घाइते मोटरसाइकल चालक ३४ वर्षीय केशरबहादुर सार्कीको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!