नगर सभा छिटो गर भन्दै नेपाली काङ्ग्रेस द्धारा साङ्केतिक बिरोध र्‍याली

इन्द्र बुढाथोकी

सल्यान, नेपाली काङ्ग्रेस नगर समितिको आयोजनामा आज बनगाड कुपिण्डे नगरपालिकामा साङ्केतिक बिरोध र्‍याली सम्पन्न गरेको छ। नगरपालिकाको कार्यालय लगाए देवस्थल, सल्लीबजारका ठाउँमा बिरोध र्‍याली सहित परिक्रमा गरेका छन । बिरोध र्‍यालीमा नगर सभा छिटो सम्पन्न गर, सम्पुर्ण शिक्षक कर्मचारीलाई तलबभत्ता व्यवस्था गर, वृद्ध भत्ता वितरण गर, विधिको शासन लागू गर , भ्रष्टाचार नियन्त्रण गर लगाएतका नारा लगाएका थिए । नगर प्रमुख र उप प्रमुख सहित वडा अध्यक्षहरुको विवाद हुदा अहिले सम्म पनि नगर सभा हुन नस्कदा सम्पुर्ण विकास निर्माणका काम लगाए नगरपालिका बाट हुने सम्पुर्ण कामकाज ठप्प भएका छन । बिरोध सभामा बोल्दै सल्यान जिल्ला उपसभापति निम ब ओलिले यो साङ्केतिक बिरोध मात्र भएको र अब पनि नगर सभा नभए पछि नगरमा ताला बन्दी गर्ने र नगरपालिका सम्पुर्ण जनप्रतिनिधिले राजीनामा नगरुन्जेल सम्म नगरमा ताला नखोलिने बताएका छन । नेपाली काङ्ग्रेसले सधै आन्दोलनमा अगाडि बढेको कारण थुप्रै आन्दोलनमा सफल भएको र अब यो आन्दोलन पनि सफल हुने बताएका छन । कम्युनिस्ट सरकारले अहिलेको जस्तो मङ्गी भ्रष्टाचार भैरहे कम्युनिस्ट सरकार धेरै दिन नचल्ने बताएका छन । अब छिटै नगर सभा गर्न पनि अनुरोध गरेका छन ।

नगर नहुदा नगरपालिका १ सय २ जना, शिक्षक कर्मचारी २ सय ८५ जना , सामाजिक सुरक्षा भता २ हजार ९ सय ७३ जना बन्चित हुनुका साथै अन्य सम्पुर्ण विकास निर्माण काम लगाए ठप्प भएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!