गोठमा सुत्केरी हुँने महिलाहरु वथिङ्ग सेन्टरमा सुत्केरी

हेमन्त के सी

जाजरकोट : छेडागाड नगरपालिका वडा ४ कि धनसरा पुन ४ वच्चाकी आमा हुनुहुन्छ । उहाँले वटा वच्चा गोठमै जन्मा दिएको बताउँनुहुन्छ । चिसो गोठ, सामग्रीको अभावका बीचमा वच्चा जन्माउदा पीडा निकै भएको उहाँको भनाई छ ।
अहिले जेठो छोरा ललित पुनको छोरा जन्मिएको ५ महिना भयो । धनसराले छोरो घरमा नभएपनि वुहारीलाई सुत्केरी गराउन स्टेचरमा वोकेर वथिङ्ग सेन्टरमा लिएर सुरक्षित सुत्केरी गराएको बताउनुभयो । पहिले घरबाट नजिक वथिङ्ग सेन्टर थिएन्न , अहिले घर देखि २ घण्टा नजिक सुरक्षित सुत्केरी गराउने अस्पताल छ सवैलाई सजिलो भएको धनसराको भनाई छ । उहाँ जस्तै छेडागाड ८ कि पातली बिक दुई वच्चाको आमा हुँन् । पहिलो सन्तान घरमै जन्माएकी उहाँले दोस्रो वच्चाको जन्म भने वथिङ्ग सेन्टरमा गएर सुरक्षित रुपमा छोरीको जन्म दिएको भनाई छ ।
वथिङ्ग सेन्टरमा गएर वच्चा जन्माउदा २ हजार २ सय रुपैया समेत वुझेर ल्याएको उहाँको भनाई छ । घरमा सुत्केरी हुँदा धेरै रगत वग्ने गर्दथ्यो , अस्पताल गएपछि सजिलै सुत्केरी डाक्टर सावको सहयोगमा हुँने रहेछ उहाँले खुसी वाँड्नुभयो । उहाँ जस्तै अहिले छेडागाड नगरपालिका भित्र सुरक्षित सुत्केरी हुँने महिलाहरुको संख्य वढ्दो छ । गोठमा सुत्केरी भएका महिलाहरु अहिले गाउँमै वथिङ्ग सेन्टर स्थापना भएको देख्दा निकै खुसी भएको बताउँनुहुन्छ। पछेल्लो पिडी निकै भाग्यमानी भएको खुसी समेत व्यक्त गर्दछन् ।
छेडागाड नगरपालिकाले अघेल्लो आर्थिक वर्षमा मात्र नयाँ ७ वटा वथिङ्ग सेन्टर निर्माण गरि सञ्चालनमा ल्याएको छ । साविकका झार्पा , कार्कीगाउँ, पजारु क,ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा वथिङ्ग सेन्टर निर्माण गरि सेवा दिईदै आएको छेडागाड नगरपालिका स्वास्थ्य तथा सरसफाई शाखाका उपसंयोजक भीमराज सिंहले बताउनुभयो । अघेल्लो आर्थिक वर्षमा सुरक्षित रुपमा सुत्केरी हुँन आउनेको संख्य ११६ थियो भने अहिले आर्थिक वर्ष ०७५,७६को अहिले चौमासिकमा ३५१ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएको सिंहले बताउनुभयो।
सुरक्षित रुपमा सुत्केरी सेवा लिन आउँने महिलालाई उत्साहन स्वारुप थप १ हजार दुई सय दिने व्यवस्था भए संगै सुत्केरी स्वास्थ्य संस्थामा हुँनेको संख्य वढेको हो । सुत्केरी हुँने महिलालाई स्वास्थ्य संस्था सम्म ल्याउने स्वयंमसेविकलाई नगरपालिकाले २ सय रुपैया उपलव्ध गराउदै आएको छ ।
त्यस्तै विद्यालय , व्यक्तिगत घरमा खोप सेवा उपलव्ध गराउदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंमसेविकले नयाँ ६ वटा खोप केन्द्र स्थापना भए संगै खोप सेवा लिनेको संख्य वढेको छ । कोही पनि बालबालिका खोपबाट नछुटुन भनेर नगरपालिका मार्फत यो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालवहादुर महतराले बताउनुभयो ।
त्यस्तै छेडागाड नगरपालिका भित्र रहेको विद्यार्थीले एच ए, ईन्जिनियर , लगाएतको विषय पढ्न चाहेमा आर्थिक सहयोग गर्ने निर्णय समेत भएको महतराले बताउनुभयो । त्यस्तै एक हप्ता भित्र विभिन्न भेक्सिनहरु सुरक्षित राख्न छेडागाड नगरअस्पतालमा आधुनिक स्टोर भित्र्याएको छ । पश्चिममा रहेका ३ वटा स्थानीय तह लाई पुग्ने गरी छेडागाड नगरपालकामा आधुनिक खोप स्टोर स्थापना गरिएको हो । स्वास्थ्य विभाग बाट उलपल्ध गराएको यो स्टोरले साविकका १५ गाविसका स्वास्थ्य संस्थामा खोपहरु , भेक्सिनहरु सुरक्षित रुपमा राख्न सहयोग पुग्ने छ । अहिले जिल्ल सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँ लिदा झनझट हुँदै आएको थियो । जसले गर्दा भेक्सिन र खोपको आयू , गुणस्तर गुम्ने खतरा हुँने गर्दथ्यो ।
अव जिल्लाका अन्य स्थानीय तहमा पनि खोप , भेक्सिन स्टोरका लागि स्टोरहरु भित्र्याएर जिल्लालाई औषधी अभाव हुँन नदिने अन्तम तयारी पुरा हुँदै गएको बन तथा बातावरण मन्त्री शक्तिवहादुर वस्नेतले बताउनुभयो ।





error: Content is protected !!