गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

दैलेख,दैलेखको भगवतीमाइ गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। गाउँपालिकाको विकास निर्माण, कर्मचारी नियुक्तिमा, उपभोक्ता समितिमा गठनमा राजनीतिक पूर्वाग्रही गरेको र गाउँपालिकाले निर्माण गरेका ऐन कानुन भन्दा बाहिर गएर काम गरेका आरोप लगाउँदै बिभिन्न ८ बुँदे माग राखेर भगवतीमाई गाउँपालिकाको नेपाली कांग्रेस पार्टीले ताला बन्दी गरेको हो।
विज्ञप्तिमा आव २०७४,०७५ मा गरिएको खर्च विवरण सर्वजनिक गर्नुपर्ने, गाउँपालिकाको ऐन नियम विपरित विगतका योजनाहरूलाई क्रमागत गरिएको, कर्मचारीहरू नियुक्ति गर्दा नीति नियम बाहिर गएर नियुक्ति गरेको आव २०७५ मा गाउँपालिकाका सम्पूर्ण सडकहरू मर्मत नगरेको,जस्ता माग राखेर ताला बन्दी गरिएको छ।
गाउँपालिका अध्यक्ष दानबहादुर थापाले आफुले यस गाउँपालिकाको समृद्धि र विकास गर्न खोज्दा अवरोध गर्ने खोजेको आरोप लागेको छ। उनीहरूका माग केही जायज होलन् तर आफू सँग आएर एक पटक पनि कुरा नगरी एक्कासी ताला बन्दी गर्नु गैर राजनीतिक भएको टिप्पणी समेत गरे। उनले हरेक विकास निर्माणका काम गर्दा सबै राजनीतिक दल सँग समन्वय गरेर अगाडि बढेको भन्दै अनावश्यक माग राखेर चरित्र हत्या गर्न खोजेको बताए।
कार्यालयमा काम गरिरहेका कर्मचारीलाई बाहिर धकेलेर ताला बन्दी गरेको एक कर्मचारीले बताए। उनले जनतालाई सेवा दिन लागेका कर्मचारीलाई दुर्व्यवहार गर्नु र गाउँपालिका पदाधिकारी सँगको आफू माथि ल्याएर ताला लगाउन राम्रो नभएको प्रतिक्रिया दिएका छन्।





error: Content is protected !!