जिल्ला अदालत डोल्पाले मुद्धा फैसला कार्यान्वयन बर्ष घोषणा

सुकमाया थापा

डोल्पा – जिल्ला अदालत डोल्पाले आज एक कार्यक्रम गरी आर्थिक वर्ष २०७५÷०७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरेको छ । आज मिति २०७५ साल मंसिर २ गतेका दिनमा डोल्पा जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र चौलागाइको अध्यक्षतामा भएको फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रममा सम्पन्न गरीएको छ ।
देशका सबै तथा ७७ वटै जिल्लाहरुमा आर्थीक बर्ष २०७५।०७६ को बाँकी अवधिलाइ फैसला कार्यन्वयन बर्षको रुपमा अभियानका साथ सन्चालन गर्ने कार्यक्रम घोषणा गरीएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा, जिल्ला अदालत डोल्पाका श्रेस्तेदार नगेन्द्र चौलागाइ, नागरीक समाजका अध्यक्ष शेरबहादुर बुढा, नापिकार्यलय डोल्पा, डिभिजन वन कार्यल, मालपोत कार्यालय डोल्पा लगाएतका कार्यलय प्रमुखहरु, सुरक्षा निकाय र सञ्चार कर्मिहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
डोल्पा जिल्लामा वेरुजु लगतमा रहेका मुद्धा विवरण, दण्ड जरीवानाको विबरणलाई असुली गर्न स्थानीय तहमा पठाउने प्रयोजनको लागि जिल्ला समन्वय समितिको कार्यलय डोल्पामा र बेरुजु असुल सहयोगको लागि जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्यहरु रहेको कार्यलय समेत प्रभावकारी रुपमा कार्यन्वयनका लागि विबरण तत्काल पठाउने निर्णय गरीएको जिल्ला अदालत डोल्पाले जानकारी दिएको छ ।
सार्वजानिक सेवाको नियम र विबारण गर्ने निकायहरुको लगतमा उल्लेखित ब्यक्ति लागत असुल नहुदा सम्म त्यस्तो निकायबाट प्रदान गरीने सेवामा रोक लागाउने समेत लेखी पठाउने भन्ने जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ मा व्यबस्था भएको समेत छलफल गरिएको थियो । जिल्ला अदालत डोल्पाका अनुसार यो वर्ष ०३५ प्रतिशत मुद्धा फछ्यौट भएका छन् ।





error: Content is protected !!